Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

७० वर्षपछि पुनः रेकर्ड गरियो धर्मराज थापाको ‘हरियो भन्नु’

Music Nepal

Blog Details

७० वर्षपछि पुनः रेकर्ड गरियो धर्मराज थापाको ‘हरियो भन्नु’

March 3, 2023

जनकवि केसरी धर्मराज थापाको शब्द, संगीत तथा स्वर रहेको चर्चित गीत ‘हरियो भन्नु’ लाई पुनः रेकर्ड गरी सार्वजनिक गरिएको छ। गायक राजु लामाको स्वरमा सार्वजनिक गरिएको गीतमा फिमेल भोकल पनि थपिएको छ। गायक लामालाई तारा श्रीस मगरले साथ दिएकी छन्। ताराले गाएका गीतका शब्द मन्दिरा ढुंगेलले तयार पारेकी हुन्। धर्मराज थापाको परिवारको सल्लाह अनुसार गीतलाई पुनः ल्याइएको निर्माता कम्पनी म्युजिक नेपालले जनाएको छ। सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको गीतको भिडिओमा गायक राजु लामा र अभिनेत्री मिरुना मगरको अभिनय छ।

Tags :

Share :