Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

स्वस्थानी व्रत कथा सुरु

Music Nepal

Blog Details

स्वस्थानी व्रत कथा सुरु

January 8, 2020

पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म विधि पूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन आज देखि सुरु भएको छ। एक महिना सम्म यही विधि अनुरुप व्रत बसेर माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता र विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस्भनि भगवतीलाई अर्घ्यदिइने प्रचलन छ। स्वस्थानीको व्रत बसि कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।स्वस्थानीव्रतको एक महिनाभरी काठमाण्डौको साँखुमा रहेको शाली नदीमा मेला लाग्ने गर्छ। पौराणिक कालमा पार्वतीले महादेव पति पाउनका लागि यो व्रत बसेको र महादेव पति पाएको र अरुले पनि यो व्रत बसेमा मनले सोचेको कुरा पाइने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ। यसै बीच आजै देखि माघ स्नान पनि सुरु भएको छ।नुहाइ धुवाइ गरे पछि भगवान विष्णुको पूजा गर्ने चलन छ। स्वस्थानी व्रतको सम्पूर्ण अध्याय सुन्नका लागि म्यूजिक नेपालको युट्युव च्यानलमा जानुहोस् अनि स्वस्थानीको महिमाबारे जानकारी लिनुहोस् ।

Tags :

Share :