Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

स्वरसम्राट नारायण गोपालको २९ औँ स्मृति दिवस

Music Nepal

Blog Details

स्वरसम्राट नारायण गोपालको २९ औँ स्मृति दिवस

December 3, 2019

नेपाली सङ्गीत जगत्का चम्किला तारा नारायण गोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको २९ वर्ष पुगेको छ।नेपाली सङ्गीत क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उहाँ नेपाली जनजनको मनमा अहिले पनि जीवन्त हुनुहुन्छ । उहाँको विसं २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो ।उहाँको २९ औँ स्मृति दिवसको अवसरमा सङ्गीत कोषले उहाँको सम्झनामा निर्माण हुन लागेको भवनको शिलान्यास , स्रष्टा सम्मान र प्रवचन कार्यक्रमको आयोजना गर्न लागेको छ । उहाँको इच्छानुसारको गीत गंगा भवन निर्माण हुन लागेको हो । उहाँका गीत अहिलेका पुस्ता माझ पनि कर्ण प्रिय बन्न सफल रहेका छन् । नारायण गोपालले नेपाली सुगम सङ्गीतको क्षेत्रमा कहिल्यै भुल्न नसकिने गुन लगाउनु भएको छ। धेरै गीतमा आवाज भर्नु भएका उहाँका सबै गीतका लजयी छन् । एउटा मान्छेको मायाले कति, आँखा छोपी नरोऊ भनी, पर्खी बसेँ आउला भनी, यति धेरै माया दिई, यो सम्झिने मन छ, अल्झेछ क्यारे पछ्यौरी तिम्रो, म त लालीगुराँस भए छु, लौ सुन म भन्छु मेरो राम कहानी, यति चाखो यति मीठो, तिमीलाई म के भनु लगायतका दर्जनौँ अजरअमर गीतमा नारायण गोपालले स्वर भर्नु भएको छ। उहाँका कालजयी गीतहरु सहितको जुकबक्स हेर्न र सुन्नका लागि म्यूजिक नेपालको युट्युव च्यानलमा जानुहोस् ।

Tags :

Share :