सिन्धु राणाको एल्वम आउँदै
December 27, 2019
चर्चित रचनाकार
सिन्धु राणाको १३ औ एल्वम
मायाको….! केहि दिनमा आउँदै छ।
विभिन्न गायक गायिकाहरुको स्वर रहेको उक्त एल्वम म्यूजिक नेपालले बजारमा ल्याउन लागेको हो।
एल्वममा ९ वटा गीतहरु समावेश छन्।जसमा
रामकृष्ण ढकाल,विश्व नेपाली,सपना श्री,मिलन अमात्य, आनन्द कार्की,संगीता राना प्रधान,बानिका प्रधान लगायतका गायक गायिकाहरुले स्वर दिनुभएको छ।
यस्तै, एल्वममा रहेका गीतहरुमा
नरेन्द्र प्यासी,आषिश अविरल,हरि लम्साल,राजन राज शिवाकोटी,अमुल कार्की ढली, शक्ति बल्लभ, सचिन सिंहले सङ्गीत दिनु भएको छ।
एल्वममा
विश्व नेपालीको स्वरमा
मेरी जुनलाई बोलको गीत सुन्न सक्नुहुनेछ भने
किन उर्लिन्छ बोलको गीतलाई
सपना श्री र
रविन्द्र राईको स्वरमा छुट्टा छुट्टै सुन्न सकिन्छ।
यसैगरी,
रमाइलो दिन थियो बोलको गीतमा
रामकृष्ण ढकालको स्वर,
हाम्रो माया बोलको गीतमा
मिलन अमात्यको स्वर,
दिन सम्झी सम्झी बोलको गीतमा
आनन्द कार्कीको स्वर ,
म आफैमा बानिका प्रधानको स्वर,
न्यानो घाम बोलको गीतमा
नरेन्द्र प्यासीको स्वर ,
मायाको बोलको शिर्ष गीतमा
संगीता राना प्रधानको स्वरलाई सुन्न सक्नुहुनेछ।
एल्वममा रहेका गीतहरु मध्ये
मायाको, मेरी जून बोलको गीतको म्यूजिक भिडियो निर्माण भइसकेका छन्।