Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

राम कृष्ण ढकालको बैशालु ब्यथा

Music Nepal

Blog Details

राम कृष्ण ढकालको बैशालु ब्यथा

November 4, 2019

नेपाली सुगम संगीतका लोक प्रिय गायक राम कृष्ण ढकालको नयाँ गीत बजारमा आउँदैछ । म्यूजिक नेपालको प्रस्तुती रहेको समय  नामक एल्बममा समावेश बैँशालु व्यथा बोलको गीत केहि दिनमा बजारमा आउन लागेको हो । जसमा, आलोक श्रीको सङ्गीत अनि एस पी कोइरालाको शब्द रहेको छ । गायक ढकालको ओराली लागेको हरिणको चाल भो, विहान उठ्ने वितीक्कै हिमाल देख्न पाइयोस् , हाम्रो सुन्दर संसार थियो , माया गर्नेको चोखो माया पनि देखियो , यसै गरि रिसाउदा नि आफ्नै  खुसी हुँदा नि आफ्नै  जस्ता गीतहरु निक्कै नै चर्चित छन् । गायक ढकालका गीतहरु हेर्नका लागि म्यूजिक नेपालको  युट्यूव च्यानलमा जानुहोस् ।

Tags :

Share :