Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

मायाको….! एल्वम आउँदै

Music Nepal

Blog Details

मायाको….! एल्वम आउँदै

January 7, 2020

चर्चित रचनाकार सिन्धु राणाको १३ औ एल्वम मायाको…! यहि शनीबार सार्वजनीक हुने भएको छ। विभिन्न गायक गायिकाहरुको स्वर रहेको उक्त एल्वम म्यूजिक नेपालले बजारमा ल्याउन लागेको हो। शनीबार एक कार्यक्रमको आयोजना गरेर एल्वमको विमोचन गर्न लागिएको हो। एल्वममा ९ वटा गीतहरु समावेश छन्। जसमा राम कृष्ण ढकाल, विश्व नेपाली, सपना श्री, मिलन अमात्य, आनन्द कार्की, संगीता राना प्रधान, बानिका प्रधान लगायतका गायक गायिकाहरुले स्वर दिनुभएको छ । यस्तै, एल्वममा रहेका गीतहरुमा नरेन्द्र प्यासी , आषिश अविरल , हरि लम्साल, राजन राज शिवाकोटी, अमुल कार्की ढली, शक्ति बल्लभ, सचिन सिंहले सङ्गीत दिनुभएको छ। एल्वममा मेरी जुनलाई, किन उर्लिन्छ, रमाइलो दिन थियो, हाम्रो माया, दिन सम्झी, म आफैमा, न्यानो घाम, मायाको ,गीतहरु रहेका छन्। एल्वममा रहेका गीतहरु मध्ये मायाको, मेरी जूनलाई ,दिन सम्झी सम्झी र रमाइलो दिन थियो, को लिरीकल भिडियो निर्माण भइ सकेका छन्।

Tags :

Share :