Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

“बाँचुञ्जेलीलाई” भन्ने गीत नै लताको अन्तिम गीत

Music Nepal

Blog Details

“बाँचुञ्जेलीलाई” भन्ने गीत नै लताको अन्तिम गीत

February 8, 2022

२०७८ साल माघ २३ गते आइतबार सरस्वती पूजाका दिन प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भयो । भारत, मध्येप्रदेशको इन्दौरमा सन १९२९ को २८ सेप्टेम्बरमा पंडित दीनानाथ मंगेशकरको जेठी छोरीका रूपमा लता मंगेशकरको जन्म भएको थियो । उनको न्वारानको नाम हेमा थियो तर उनका पिताको एक नाटकमा लता नामक पात्राको भूमिका निर्वाह गरेपश्चात उनको नाम लता हुनपुग्यो । लता १३ वर्षकी हुँदा उनका पिताको निधन भयो । घरकी जेठी छोरी भएका कारण घरको जिम्मेवारी उनैमाथि आयो । उनले गायन र अभिनय गरी जीवन यात्रा अगाडि बढाउन थालिन् । सन् १९४२ मा पहिलो पल्ट मराठी चलचित्रमा आवाज दिइन् तर उनले गाएको त्यस गीतलाई त्यो चलचित्रमा समावेश गरिएन । यसरी गीत गाउँदै जाँदा सन् १९४९ मा आएर उनले हिन्दी चलचित्र ‘महल’ का लागि आवाज दिइन् । त्यसपछि भने उनले पछाडि फर्केर हेर्नु परेन । मूल भाषा हिन्दीमा हजारौँ गीत गाएकी उनले अन्य विभिन्न भाषाहरूमा पनि गीत गाएकी छिन । नेपाली गीतहरुको कुरा गर्दा म वि वि शाहको गीत “आकाशका तिरमिरे तारा” भारतका प्रख्यात सङ्गीतकार हेमन्त कुमारको संगीतमा स्वर किन्नरी लता मंगेशकरको आवाजमा पहिलो नेपाली गीत रेकर्ड भएको थियो । त्यसपछि सन १९६६ मा भारतीय प्रसिद्ध सङ्गीतकार जयदेवको संगीतमा नेपाली चलचित्र माइतीघरका लागि “जुन माटोमा मेरो तिमीलाई शुभकामना” बोलको गीत रेकर्ड भएको थियो । जसमा शब्द म वि वि शाहकै रहेको छ भने आवाज उनै स्वरकिन्नरी लताले नै दिएकी थिइन । यसरी आफ्नो सुरिलो सबैको मनलाई छुने आवाजले लता मंगेशकरले यति नै भन्न कठीन भएपनि ३० हजार भन्दा बढी नै गीत गाएको देखिन्छ । पछिल्लो १ दशकदेखि गायनमा उनी त्यति सक्रिय थिइनन् । नेपाली संगीतकार शिखर सन्तोष संगीत सिक्न र आफ्नो सांगीतिक यात्रा अगाडि लैजान मुम्वई पुगेका थिए । त्यहि क्रममा उनले सुरुवाती दिनहरुमा मराठी गीतहरुमा संगीत भर्ने काम गर्दा शिखर सन्तोषको संगीतमा बजुनाथ मंगेशकरसँग काम गर्ने अवसर पाए । जो उनी लताका भदा थिए । उनलाई मराठी गीत सिकाउन उनकै घरमा जाँदा लता अर्को कोठाबाट सुनिरहन्थिन् रे । यसरी लता मंगेशकरसँग भेटको सिलसिला सुरु भएको थियो रे । पछि सङ्गीत सिक्ने क्रममा उनका एक मित्र बने मयुरेस उनीसँग उनको राम्रो मित्रता थियो । पछि उनी लता मंगेशकरका सङ्गीतको सवै काम गरिदिने उनको मेनेजर जस्तो बनेपछि उनी मार्फत शिखर सन्तोषको लतासँग अलि नजिकसँग चीनजान बढ्यो र नेपाली गीतको कुरो हुन पुग्यो अनि यो गीतको सिलसिला अगाडि बढ्यो । कुरा भएको ८/९ बर्षपछि बल्ल गाउने कुरो भयो । अनि गीतकार आनन्द अधिकारीको शब्दमा संगीत भरियो र उनले गाउने कुरो पनि भयो तर कुरा गरेको लगभग ५ बर्ष पछि मात्र यो गीत रेकर्ड भयो ‘बाँचुञ्जेलीलाई’ गायक रामकृष्ण ढकाल र लता मंगेशकरको आवाजमा । जून गीत लताको जीवनलाई नियाल्दै उनैका लागि लेखेको बताउँछन गीतकार आनन्द अधिकारी । यो गीत लताकै घरमा रहेको सूरलता रेकर्डिङ्ग स्टूडियोमा रेकर्ड भएको हो । त्यसपछि भने लताले केही मन्त्र र भजनहरु बाहेक अरु गति नगाएको बताइन्छ भने भारतका विभिन्न मिडिया तथा ND TV का अनुसार “बाँचुञ्जेलीलाई” भन्ने गीत नै लताको अन्तिम गीत हो भन्ने ठहर भएको छ । र हालसम्म लताले ३ वटा नेपाली गीत गाएको देखिन्छ जसमा २ वटा गीतमा शब्द म वि वि शाहको रह्यो र यसमा सङ्गीत क्रमश हेमन्त कुमार र जय देवको दुवै भारतीय सङ्गीतकार थिए । लताको आवाज सजिएको “बाँचुञ्जेलीलाई” का सङ्गीतकार शिखर सन्तोष पहिलो नेपाली सङ्गीतकार बने जसको सङ्गीतको गीत नै लताको अन्तिम गीत बन्न पुग्यो । लता मंगेशकर आज हामीबिच यस संसारमा नरहेपनि उनको आवाज सदैव यस संसारमा गुञ्जिरहनेछ । उनको आत्माको चीरशान्तिका लागि हामी कामना गर्दछौँ । र, बाँचुञ्जेलीलाई गीत रेकर्डिङ्ग हुँदाका केही तस्वीरहरु र लता मंगेशकरको केही कुराहरुकासाथ केही झलकहरु यो Video मा । साथै उनले गाएका तीनवटै नेपाली गीतलाई तपाईंले MusicNepal को You Tube च्यानलमा हेर्नसक्नु हुन्छ । आकाशका तिरमिरे तारा “बाँचुन्जेलीलाई” Bachunjelilai – Lata Mangeshkar & Ram Krishna Dhakal | Nepali Song Making of “Bachunjelilai” By Lata Mangeshkar & Ram Krishna Dhakal” only on Music Nepal

Tags :

Share :