Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

प्रेमध्वज प्रधानको साङ्गीतिक सक्रियता

Music Nepal

Blog Details

प्रेमध्वज प्रधानको साङ्गीतिक सक्रियता

October 22, 2019

प्रेमध्वज प्रधान मखमली आवाजका धनी, प्रसिद्ध नेपाली गायक हुन् । आफ्नो समयका निक्कै चर्चित र स्टाईलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने र हेर्ने गरिन्छ । घुम्तीमा नआउ है , तिमीलाई अचेल कहाँ देखुँ, गोरेँटो यो गाउँको, पर लैजाउ फुलहरु, माया नमारे मायालु, जस्ता चर्चित गीतहरु गाउनुभएका प्रधानको नयाँ गीत समय एल्बममा सुन्न सकिन्छ ।केहि समयमा बजारमा आउन लागेको छिनको भेट बोलको गीतमा ८३ वर्षीय प्रधानको स्वर सुन्न पाइन्छ । साथै उक्त गीतमा शब्द एसपी कोइराला र सङ्गीत आलोक श्री को रहेको छ । साङ्गीतिक परिवारमा हुर्कनुभएका प्रधानलाई नेपाली सङ्गीतको गर्विलो इतिहासका रुपमा पनि लिने गरिन्छ । प्रेमध्वज प्रधानले सुगम संगीत त गाउनुभएको छ नै त्यो सँगै मातृभाषाका गीत, स्वदेशगान र चलचित्रका गीत पनि गाउनुभएको छ । बहुचर्चित ‘राजमति कुमती‘’ पनि प्रधानले गाएको गीत हो ।

Tags :

    Share :