नारायण गोपालको स्मृति दिवस भोलि,विभिन्न कार्यक्रम हुदै
December 3, 2019
स्वर सम्राट नारायण गोपालको २९ औँ स्मृति दिवसको अवसरमा भोलि विभिन्न कार्यक्रम हुने भएका छन् ।
उहाँको स्मृति दिवसको अवसरमा दुई संगीतकर्मीलाई सम्मान गरिने भएको छ भने सुरमय
गीत गंगा भवनको शिलान्यास पनि गरिने कार्यक्रम रहेको छ ।
नारायण गोपाल संगीत कोषले यो वर्ष गायक ,गीतकार
जगत मर्दन थापा र संगीतकार
रंजीत गजमेर लाई सम्मान गर्न लागेको छ ।
नारायण गोपाल संगीत कोषले नेपाली आधुनिक गीत अनि संगीतको विकास गरी यसको मौलिकता , स्तरीयता र लोकप्रियताको आधारमा सम्बन्धित व्यक्तिहरूलाई प्रोत्साहित गराउने उद्देश्य सहित संगीतकर्मीलाई नारायण गोपाल संगीत पुरस्कार प्रदान गरेर संगीत क्षेत्रमा ठूलो गुन लगाउँदै आइ रहेको छ ।
नारायण गोपाल आज हामी बीच नरहे पनि उहाँका सयौं गीतहरू सदैव हाम्रो मुटुबीच अनि नेपाली संगीताकाशमा चम्किलो ताराका रूपमा सधैं चम्किरहने छ ।