Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

तिहारको साङ्गीतीक रमझम

Music Nepal

Blog Details

तिहारको साङ्गीतीक रमझम

October 23, 2019

तिहार उज्यालोको साथसाथै सांगीतिक चाड पनि हो।देउसी र भैलो भाका यसका विशेषता हुन्। यी भाकामा थुप्रै गीत बनेका छन्।तिहार माथि बनेका सदावहार गीतहरू के–कस्ता छन्भन्नेबारे अनविज्ञ हुनुहुन्छ भने म्यूजिक नेपालको युट्यूव च्यानलमा अडियो जुकबक्स र एप्मा हेर्न र सुन्न सक्नुहुनेछ । निधारमा लर्काएर सप्तरंगी टीका ,२०४७ मा बनेको ‘विजय पराजय’ फिल्मको यो गीत सधैं चर्चित रह्यो।मुम्बइमा रेकर्डिङ गरिएको, आधुनिक विधाको गीत बलिउडकी प्रख्यात गायिका हेमलताको स्वरमा छ। यसै गरि दियो बाली साँझको बोलको गीत पनि तिहारमा निक्कैनै घन्की रहने गीत हो। भाइ टीकामा भेट्न आउँला , राजु लामाको स्वरमा रहेको यो गीतले धेरैको मन जित्न सफल भएको छ। लोक – पप विधामा ख्याति कमाइ रहेका राजु लामालाई ‘भाइटीकामा’ले फरक पहिचान दिलाएको छ। तिहारै आयो लौ झिलिमिली अनि भैलीनी आइन्आगन जस्ता लोक प्रिय गीतहरु पनि तिहारको समयमा हेर्न र सुन्न सक्नुहुनेछ। यी गीतहरु म्यूजिक नेपालको अडियो जुकबक्समा सुन्न सक्नुहुनेछ। साथै Music city online Radio मा सातै दिन, चौविसै घण्टा उत्कृष्ट गीतहरु सुन्न पाउनु हुनेछ भने म्यूजिक नेपालको वेवसाइट musicnepal.mridaya.com/ मा पनि भिजिट गर्न सक्नुहुनेछ। उत्कृष्ट म्यूजिक भिडियो, नेपाली चलचित्र, लोक दोहोरी, भजनका साथै अन्य सामग्रीका लागि म्यूजिक नेपालको युट्यूव च्यानलमा हेर्न सक्नुहुनेछ।

Tags :

Share :