Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

झम्के गुलेलीका गायक, कमली कान्त !

Music Nepal

Blog Details

झम्के गुलेलीका गायक, कमली कान्त !

December 16, 2019

अत्यधिक चर्चामा आएको गीत झम्के गुलेलीलाई म्यूजिक नेपालको युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ । कमली कान्तले आफ्नै स्वर तथा संकलनमा झम्के गुलेली बोलको गीत बजारमा ल्याउनु भएको हो ।झम्के गुलेली गीतबाट चर्चा बटुलेका गायक कमली कान्तका अन्य गीतहरू पनि म्युजिक नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ ।  गायक कमली कान्तलाई धेरैले झम्के गुलेलीका गायक भनेर चिन्छन् । संचार माध्यममा यो गीत खुबै बज्ने गरेको छ ।कमली कान्तले यस पछि झम्के गुलेली नाममा भाग १, २ र ३ बजारमा ल्याइसकेका छन् । धेरैलाई थाहा नहुन सक्छ, उनै कमली कान्तको झम्के गुलेली एल्बममा ९ वटा गीत समावेश छन् । तर, उहालाई एल्बमको शिर्ष गीतले नै चिनायो र विभिन्न अवार्ड पनि दिलायो । विषेश गरी पूर्वेली लोक भाकाहरुलाई संकलन गरेर गीत मार्फत पूर्वका संस्कृतिहरुलाई जगेर्ना गर्ने लोक गायकका रुपमा परिचित छन भेटवाल । गाउँ घरमा बुढा पाकाको जिब्रोमा झुन्डिएका शब्दलाई टपक्क टिपेर लोक गीतको रूप दिने गायक हुन्, कमली कान्त भेटुवाल 

Tags :

Share :