Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

आस्था राउत, एक सफल गायिका

Music Nepal

Blog Details

आस्था राउत, एक सफल गायिका

November 21, 2019

नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा लोभ लाग्दो सफलता हासिल गर्नु भएकी आस्था राउत एक सफल गायिकाको रुपमा परिचित हुनुहुन्छ । सालको पात टपरी गाँसेरको  रिमिक्स गाएपछि चर्चामा आउनुभएकी उहाँका ‘चौबन्दीमा पटुकी , ‘झुम्के बुलाकी जस्ता गीत चर्चित छन् । नेपालकी युवा पप गायिकाको रुपमा चर्चित राउतले विभिन्न नेपाली चलचित्रहरूमा धेरै गीतहरू गाउनु भएको छ र राउतको दोस्रो एल्बम आधार भाग २ केहि दिनमा बजारमा आउँदै छ ।उहाको पहिलो एल्बम आधारले ठूलो सफलता पाएको थियो । काठमाडौ पुल्चोकमा जन्मनु भएकी राउतको पुख्यौलि घर भने चरिकोट दोलखा हो ।वरिष्ठ लोक गायक हरि बहादुर राउत र रचनाकार सावित्रि राउतको एक मात्र छोरी हुन् आस्था ।दुई दर्जन भन्दा बढि गीतमा स्वर दिनुभएकी आस्थाको दोस्रो एल्बममा समावेश गीतहरु म्युजिक नेपालको युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ ।

Tags :

Share :