Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

आधार भाग २ को विमोचन आज

Music Nepal

Blog Details

आधार भाग २ को विमोचन आज

November 26, 2019

नेपालकी युवा पप गायिकाको रुपमा चर्चित आस्था राउतको नयाँ एल्वम आधार भाग २ आज विमोचन हुँदैछ । म्यूजिक नेपालको प्रस्तुती रहेको एल्वमको आज दिउसो म्यूजिक नेपालले एक कार्यक्रम गरेर विमोचन गर्न लागिएको हो । आस्था राउतको एकल स्वर रहेको एल्वममा ७ वटा गीतहरु समावेश छन् ,जसमा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत तथा शब्द रहेको छ । यो एल्बमको एउटा गीतमा भने आस्था राउतको आमा सावीत्री राउतको शब्द रहेको छ । दशै आयो तिहार आयो, हवाई जहाजको टिकट, सिमाना, राम साइली, नाकैमा फूलि, को छ यहाँ र झल झल गर्ने कम्पनि माला बोलको गीतहरु रहेका छन् । यी गीतहरु मध्ये को छ यहाँ बोलको गीतमा भने सावीत्री राउतको शब्द रहेको छ । एल्वममा समावेश दशै तिहार बोलको गीत भने यस अघि नै सार्वजनिक भइ सकेको छ । उक्त गीतलाई म्यूजिक नेपालको युट्यूव च्यानलमा हेर्न सक्नुहुनेछ।

Tags :

Share :