Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

रन्जित गजमेरको साङ्गीतीक योगदान

Music Nepal

Blog Details

रन्जित गजमेरको साङ्गीतीक योगदान

October 20, 2019

कुनै समय नेपाली चलचित्रमा एकछत्तराज गर्ने वरिष्ठ सङ्गीतकार रन्जित गजमेर अहिले नेपाल यात्रा सकेर मुम्बई फर्किसक्नुभएको छ। आर डी वर्मनसँग सहकार्य गर्नुभएका मेलोडियस’ गजमेरको पछिल्लो समय म्यूजिक नेपालबाट प्रकाशित एल्मब ‘कृति’मा पुरानै लोक भाकाको जगमा उभिएर लय उमारेको हेर्न अनि सुन्न पाइन्छ। कुनै समय रन्जित गजमेरको सङ्गीतको युग थियो, एक्लो युग थियो।उहाँका लयले सारा नेपाली मन र भावनालाई बाँधेर राख्थ्यो। रन्जित गजमेरको सङ्गीतसँग मिसिएर जब कुसुम गजमेरका शब्दहरू लयमा बग्न लाग्थे तव श्रोता अनि दर्शकको मनमा सङ्गीतको मीठास गुन्जन्थ्यो। खासमा यो जोडी नेपाली मनका भाका र भावलाई सङ्गीतको तरङ्गमा श्रोतालाई तरङ्गित पार्ने जोडी थियो। चालीसका दशकमा कुनै समय रन्जित गजमेरले महाकवि लक्ष्मी प्रसाद देवकोटाको ‘यात्री’ कविता‘ कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो’ कविताका हरफहरूमा छापिएको साहित्यलाई सङ्गीतको सुरमा ब्यूँझाएर अमर बनाइदिनु भएको थियो। उहाँका नेपाली चलचित्र चिनोको मोहनी लाग्ला है, बाँसुरीको मिरमिरे साँझमा सिम सिमे पानी आदि गीतले निक्कैनै चर्चा बटुलेको छ। लाहुरे,सम्झना,कुसुमे रुमाल, दर्पण छाँया लगायतका चलचित्रमा सङ्गीत दिनुभएका उहाँ वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको शिष्य हुनुहुन्छ। अनेकौँ गायक –गायिकाहरूलाई आफ्नो लयमा बाँधेर सुरको सगरमाथा चढाइदिने तिनै रन्जित गजमेरले नव गायिका स्वरुपा आशालाई कृति एल्वममा सहभागी गराउनु भयो। यति मात्रै होइन यस एल्बममा झण्डै २७ वर्षदेखि सङ्गीत क्षेत्रमा आवद्ध चर्चित व्याण्ड कन्दराका चर्चित गायक विवेक श्रेष्ठको स्वरलाई पनि सुन्न सकिन्छ।कृतिमा समावेश गीतहरु म्यूजिक नेपालको युट्यूवच्यानल र एप्मा हेर्न अनि सुन्न सक्नुहुनेछ।

Tags :

Share :