आजधनतेरस, विशेषतः सुन चाँदी वा धातुका सामग्री किन्नका लागि शुभ मानिन्छ ।
आयुर्वेदका भगवान धनवन्तरीको सम्झनामा यो धनवन्तरी दिवस मनाइन्छ ।
समुद्र मन्थनबाट धनवन्तरीको उत्पत्ति भएको मान्यता छ ।
धनवन्तरीलाई अमृत , शङ्ख , चक्र र जडीबुटीका साथ देखाइन्छ ।
आजको दिन धन जोड्नु शुभमानिने भएकाले सुन, चाँदी, तामा वा अन्य धातुका सामग्री किन्न बजारमा घुइँचो लाग्ने गर्छ ।
धन्तेरसका दिन जोडेको सामानले लक्ष्मी पूजा गर्नु शुभ मानिन्छ ।
तपाईृ हाम्रो घर दैलोमा भित्री सकेको तिहारका चर्चित गीतहरु सुन्न र हेर्नका लागि म्यूजिक नेपालको अडियो जुकबक्स र एप्मा जान नभुल्नुहोला ।