Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

छठ पर्व आज देखि सुरु

Music Nepal

Blog Details

छठ पर्व आज देखि सुरु

October 30, 2019

आस्थाको महापर्व छठ पर्व आज देखि सुरु भएको छ। छठ अन्तर्गत आज पहिलो दिन नहायखाय विधि गरिन्छ । छठ पर्व अत्यन्त श्रद्धा र भक्ति पूर्वक मनाइन्छ ।यसका लागि कात्तिक शुक्ल पक्ष लाग्ने बित्तिकै श्रद्धालुव्रतालुले सात्विक भोजन गर्छन्र विशेष यो पर्वको वेला दाल, तरकारी र साग पात आदि खाँदैनन् ।  आरोग्य लाभ मुख्य उद्देश्य भएको छठ पर्व उत्सवको रूपमा मात्र नभई कठिन व्रत र उपवास गरिने तपस्याको रूपमा देखिन्छ ।चोखोपना , संयम र पूर्णब्रहृमचर्य साथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास पाइन्छ । छठ पर्वको पूजन एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान जानी वा नजानी गरिएमा अनिष्ट हुन्छ भन्ने मान्यता रहि आएको पाइन्छ । झट्ट हेर्दा यो सूर्यको पूजाझैँ देखिए पनि पुराण अनुसार यो मूल प्रकृतिको छैटौं अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा हो । छठ सम्बन्धी गीतहरु हेर्नका लागि म्यूजिक नेपालको युट्युव च्यानलमा जानुहोस् ।

Tags :

Share :