Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

नाकैमा फुली गीतको सफलता

Music Nepal

Blog Details

नाकैमा फुली गीतको सफलता

November 30, 2019

चर्चित गायिका आस्था राउतको नयाँ गीत नाकैमा फुलीले निक्कै चर्चा कमाइ रहेको छ । नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा लोभ लाग्दो सफलता हासिल गर्नुभएकी राउतको सवै जसो गीतहरु सफल मानिन्छन् ।पहिलो एल्बम आधारको सफलता पछि दोस्रो एल्बम आधार भाग २ का गीतहरु बजारमा आए सँगै चर्चाको शिखरमा छन् । जस मध्ये नाकैमा फुली बोलको गीतको म्यूजिक भिडियो युट्युव ट्रेन्डिङको ८ नम्वरमा पर्न सफल भएको छ । यसै साता सार्वजनिक भएको आधार भाग २ एल्बममा समावेश उक्त गीतमा शब्द अनि संगीत सुरेश अधिकारीको रहेको छ । गीतको भिडियो हेर्न म्यूजिक नेपालको युट्युव च्यानलमा जानुहोस् । म्यूजिक भिडियोको निर्देशन शान थापाले गर्नुभएको हो भने भिडियोमा चर्चित नायिका आँचल शर्मा र महेश खड्काको अभिनय हेर्न सकिन्छ । सालको पात टपरी गाँसेरको रिमिक्स गाए पछि चर्चामा आउनु भएकी उहाँका  ‘चौबन्दीमा पटुकी, ‘झुम्के बुलाकी जस्ता गीत चर्चित छन् । नेपालकी युवा पप गायिकाको रुपमा चर्चित राउतले विभिन्न नेपाली चलचित्रहरूमा पनि गीत गाइसक्नु भएको छ ।

Tags :

Share :