झम्के गुलेलीका गायक, कमली कान्त !
December 16, 2019
अत्यधिक चर्चामा आएको गीत
झम्के गुलेलीलाई म्यूजिक नेपालको युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ ।
कमली कान्तले आफ्नै स्वर तथा संकलनमा
झम्के गुलेली बोलको गीत बजारमा ल्याउनु भएको हो ।
झम्के गुलेली गीतबाट चर्चा बटुलेका गायक
कमली कान्तका अन्य गीतहरू पनि म्युजिक नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ ।
गायक
कमली कान्तलाई धेरैले
झम्के गुलेलीका गायक भनेर चिन्छन् । संचार माध्यममा यो गीत खुबै बज्ने गरेको छ ।कमली कान्तले यस पछि
झम्के गुलेली नाममा भाग १, २ र ३ बजारमा ल्याइसकेका छन् ।
धेरैलाई थाहा नहुन सक्छ, उनै कमली कान्तको
झम्के गुलेली एल्बममा ९ वटा गीत समावेश छन् । तर, उहालाई एल्बमको शिर्ष गीतले नै चिनायो र विभिन्न अवार्ड पनि दिलायो ।
विषेश गरी पूर्वेली लोक भाकाहरुलाई संकलन गरेर गीत मार्फत पूर्वका संस्कृतिहरुलाई जगेर्ना गर्ने लोक गायकका रुपमा परिचित छन भेटवाल ।
गाउँ घरमा बुढा पाकाको जिब्रोमा झुन्डिएका शब्दलाई टपक्क टिपेर लोक गीतको रूप दिने गायक हुन्,
कमली कान्त भेटुवाल ।