Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

आशा भोस्ले नेपाल आउँदै

Music Nepal

Blog Details

आशा भोस्ले नेपाल आउँदै

December 23, 2019

भारतकी सु- प्रसिद्ध गायिका आशा भोस्ले आज नेपाल आउँदै हुनुहुन्छ। साधना कला केन्द्रको निमन्त्रणामा भोस्ले आउन लाग्नु भएको हो। भोस्लेले शनिबार सङ्गीतकार रन्जीत गजमेरको सङ्गीतमा रहेका केही गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उहाँलाई मनोजराज शिवाकोटी ,टिका प्रसाई, शिला विष्ट अलि लगायत ३५ जना कलाकारले साथ दिनेछन्। रञ्जित गजमेरको संगीतमा भारतीय गायिका आशा भोस्लेले थुप्रै नेपाली चलचित्रका गीतहरू गाउनु भएको छ।  ८० वर्षीया गायिका भोस्लेले यो हो मेरो प्राण भन्दा प्यारो माइती घर ,म प्यार बेचिदिन्छु ,गैरी खेतको शिरै हान्यो ,मोहनी लाग्ला है ,झझल्को लिएर आएछ सावन,साउने झरीमा,नयाँ नयाँ सजाउँहै संसार ,के सोचें मैले के भयो अहिले ,किन बढ्दैछ ढुकढुकी मुटुको ,पहाडको माथि माथि ,तिम्रो मनमा लुकेको कुरा, लगायतका थुप्रै नेपाली हिट गीतहरु गाउनु भएको छ ।  साधना कलाकेन्द्रको आयोजनामा १२ पुसमा काठमाडौंमा रञ्जित र आशाको सांगीतिक कार्यक्रममा आशाले रञ्जितका संगीतमा गाएका गीतहरू गाउनु हुनेछ।

Tags :

Share :