राजनराज सिवाकोटी अहिलेका ख्यातिप्राप्त संगीतकार
April 16, 2020
अहिलेका ख्यातिप्राप्त संगीतकारमध्येका हुन् राजनराज सिवाकोटी । दर्जनौँ हिट गीत पस्किसकेका यी संगीतकारले लगभग चार सयजति गीतमा कर्णप्रिय संगीत भरिसकेका छन् । २०५९ सालमा आफ्नै स्वर, शब्द तथा संगीतमा मायालु आउने जाने बाटोमा बाट नेपाली संगीत क्षेत्रमा पाइला हालेको हुन् राजनले ।
पप, आधुनिक, लोक, दोहरी, तेहरी तथा चलचित्र आदि सबै विधाका गीतहरूमा संगीत, शब्द तथा आवाज भरेका छन् । ७० को दशकको सुरूवातमा पूनह सुर्के थैली वडा नं। ६ को गीतबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका उनलाई यही गीतले चर्चाको शिखरमा पुर्याईदियो । र’ नेपाली गीत-संगीत इतिहासमा युट्युबमा करोड भ्युअर कमाउने पहिलो गीत बन्न पुग्यो सुर्के थैली । त्यसपछि उनले नै संगीत गरेको कुटुमा कुटु सुपारीदाना गीतले त झन् अर्को इतिहास रच्यो – नेपाली गीत/संगीतमा सबैभन्दा बढी भ्युअर भएको गीतको रूपमा | अनेकौँ अवार्ड र सम्मानबाट सम्मानित राजनले राजन राईको शब्द र अन्जु पन्तको आवाजको गीत ‘’जिन्दगी यो फूलैफूलको थुँगो हुँदैन’’, उनकै शब्दमा नवीन के भट्टराईको ‘’अलि अलिकति पीडा हुँदा नि’’, र अनिल सिंहको ‘’म माया गर्छु’’, राजुबाबु श्रेष्ठको शब्दमा मिलन नेवार र कन्काईष्ट राईको आवाजको गीत मुटुभित्रै देउन मलाई बास ‘’ र, सुर्के थैली’’ गीत विशेष प्रिय लाग्छन् उनलाई ।
गुन्द्रुक र ढिँडो अनि साँधेको भटमास र चिउरा मनपराउने राजनको मनमा बसेको गीत हो हरिहर तिमील्सिनाको शब्दमा अब आउने गीत गाउँको याद आयो।
लकडाउनको २५ दिनसम्म घरमा छोरीहरूसँग खेलेर फेसबुकमा लाइभ आएर बिताएको बताउने राजनले अब चाहिँ नयाँ सिर्जनामा लाग्नथालेको कुरा बताएका छन् ।
‘जिन्दगी खोला रहेछ, बग्दै जानू पर्दो रहेछ’ उनी भन्छन् । उनलाई हाम्रो तर्फबाट सिर्जनशील भविष्यको शुभकामना ।