Music

हिट सङ्गीतकार आशिष अविरल

एक समय निरन्तर चर्चित र हिट गीतहरू पस्केर पनि ओझेलमा परेका सङ्गीतकार हुन् आशिष अविरल । उनको व्यक्तिगत जीवनलाई खोतल्ने हो भने सङ्घर्षले भरिपूर्ण छ । सुरुवातमा उनले सङ्गीत आफ्नै घरपरिवारबाट नै सिके भने पछि आएर औपचारिक शिक्षा लिएर उनले आफूलाई यसमा पोख्त बनाए । त्रिभुवन विश्वविध्यालयबाट सङ्गीतमै मास्टर्स गरेका आशिष अविरलले अहिले पनि अतिरिक्त कक्षाहरू अनलाइन र अन्य सङ्गीतज्ञहरूबाट पनि लिएका छन् ।

आशिष अविरल सङ्गीत क्षेत्रमा केही गर्छु भनेर आफ्नो घर वागलुङबाट काठमाडौँ  आउँदा उनका बाबुले पत्याएका थिएनन् रे छोराले केही गर्छ भनेर । तर सङ्घर्ष र साधना गर्दै उनी सङ्गीत क्षेत्रमै टिकिरहे र स्थापित पसिन भए । उनले सुरुमा लोकगीत गाए । लोक तथा दोहरी गीतमा भाका हाल्दै सङ्गीत संयोजन गर्ने कार्य गरे र यसैमा आफ्नो चिनारी बनाउँदै गए ।

        तर केही गर्छु भन्ने मनमा अठोट बोकेका कलाकारलाई रोकेर छेकेर, थुनेर के राख्न सकिन्थ्यो र ?

त्यसताका उनको गायक नरेन्द्र प्यासी र गीतकार आनन्द अधिकारीसँग भेट भयो र आनन्द, अविरल र प्यासीको ‘बास्ना’ गीतिसङग्रह बजारमा आयो । यसै गीति सङ्ग्रहको ‘तिमीविनाको जीवन’ र ‘तिमीले दिने माया’ अत्यधिक चल्यो । उनले यही गीतबाट नेपाली आधुनिक गीतमा पाइला चलाए र सफल पनि भए भने नरेन्द्र प्यासीको पनि यही गीति एल्बमबाटै फेरि गायन क्षेत्रमा ऋयभदबअप भयो । तर संजोग भनौँ या भाग्यको खेला गीत यति हिट, यति हिट एल्बम तर गायक र सङ्गीतकार पर्दा पछाडि परे, गीतकार आनन्द अधिकारी मात्र चर्चामा आए । गीत हिट छ तर उनलाई मानिसहरूले चिन्दैनथे । तैपनि कर्म नै ठूलो कुरो हो भनेर उनी अगाडि बढिरहे । एकपछि अर्को हिट गीत पस्किरहे, विश्व नेपालीको ‘मीठो साह्रै मीठो, प्रमोद खरेलको ‘म बाँचेकै’ र ‘यो कुरा गोप्यै’, शिव परियारको ‘छातीमा हात राखेर’, ‘हल्लै हल्लामा’, टीका प्रसाईं र सञ्जीव पराजुलीको ‘नाइ मलाई थाहा छैन’ र ‘किन कर्के’ गीतले त तहल्कै मच्चायो र यूट्युबमा त बजारै ततायो यस गीतले । उनले एकपछि अर्को लगातार यस्ता हिट गीतहरू पस्किरहे । गीतकार आनन्द अधिकारी र टीका प्रसाईंको “माया लुकीलुकी” आनन्दराज खनालको शब्दको गीत विश्व नेपालीको स्वरको ‘तिम्लाई मन पराएँ’, एक नारायण भण्डारीको शब्दको कवि देवकोटा, सङ्गीता राना र नरेन्द्र प्यासीको ‘सम्झनामा नआऊ तिमी’, स्मिता दाहाल र आशिषको स्वरमा रहेको ‘जालमै पार्छु’, विष्णु माझी र कुलेन्द्र विकको आवाजको गीत र वसन्त थापाको सङ्गीतमा उनले गरेको सङ्गीत संयोजनमा रहेको गीत– ‘सालको पात टपरी’ लाई नयाँ प्रयोग गरेका थिए । जुन अत्यन्तै सफल रह्यो । यसरी पछिल्लो समयमा  ए मेरो हजुर– ३ को ‘परान–परान’ र ‘तिमीविनाको जिन्दगी जिन्दगी नै भन्दिनँ’ गीतले त उनलाई जनजनसम्म पु¥याइदियो । र, एक गायकको रूपमा पनि स्थापित गराइदियो ।

सयौँ हिट गीत पस्केका आशिष अविरल पञ्चेबाजा बनाउँछन् र बजाउँछन् पनि । कि–बोर्ड, पियानो, मादल हारमोनियम र राम्रो बासुरी वादक पनि हुन उनी । बालापनमा जङ्गलबाट बाँस काटी ल्याई मुरली बनाउँदै बजाउँथे । दिदीभाइको झगडा हुँदा कतिपटक त मुरली दिदीले अँगेनामा हालेर पोलिदिइन भने कति उनले आफूले बजाएको मन नपरेर आफैँले पनि फुटाएका छन् । सायद त्यो सिक्ने क्रममा सुरमा निखरता खोजेका हुन कि त ।

भजन, लोकगीत, लोकदोहोरी, आधुनिक ँबकत द्यभबत तथा चलचित्रका गीतमा सङ्गीत तथा सङ्गीत संयोजन गरेका आशिष अविरलले लगभग एक दर्जन गीतमा आफ्नो आवाज दिइसकेका छन् । विगत ३ वर्षदेखि पुतलीसडक न्यु प्लाजामा रागा स्टुडियो खोली सङ्गीतक्षेत्रमा अगाडि बढ्दैआएका आशिष अविरलका दुई छोराहरू छन भने जेठा छोरा सङ्गीतमा निकै नै रूचि राख्दछन् । यति बेला उनी पञ्चेबाजाका मौलिक गीतहरूमा केही नयाँ ढङ्गबाट काम गर्छु भनी लागिपरेका छन ।

उनी जुन अठोट र जुन सपना बोकेर काठमाडौँ आएका थिए त्यो सपना पूरा गरेका छन् । उनले आफ्ना मातापितालाई धन्य तुल्याएका छन् । बास्नाबाट उनले पाएको ‘आशिष’ र निरन्तर बगिरहनु भनेर थपिएको ‘अविरल’ उपनामले सार्थकता पाएको छ ।

सबै नेपालीको सङ्गीतप्रेमीको आशिष पाएर उनी निरन्तर बगिरहून् । उनलाई हामो शुभकामना !