Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

स्वस्थानी कथा, म्यूजिक नेपालको युट्युव च्यानलमा!

Music Nepal

Blog Details

स्वस्थानी कथा, म्यूजिक नेपालको युट्युव च्यानलमा!

January 14, 2020

स्वस्थानी परमेश्वरीको व्रतबसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मीक विश्वासका साथ प्रत्येक वर्ष घर –घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । पौष शुक्ल पूर्णिमा देखि सुरु स्वस्थानी व्रत, कथाको आज सातौ अध्याय हो । आफ्नै गाउँ ठाउँको कथा बताइएकाले नेपालीहरूका लागि स्वस्थानीको छुट्टै महत्त्व छ । अहिलेत स्वस्थानीका विभिन्न थरी संस्करण भेटिन्छन् । तर ती संस्करणमा धेर थोर फरकका साथ उनै कुराहरू छन् । नून समेत नखाई कठोर व्रत विधि पालना गरेर गर्नुपर्ने व्रतको मध्यान्ह्कालमा माधव नारायण सहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ । पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धारका लागि देवी देवताका लीलाका प्रसङ्ग जोडिएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्र मुग्ध पार्छ। सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाह अनुसार एक महिना सम्म निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोक कल्याणका निम्ति यो व्रत कथा प्रचार प्रसार गराई गरीब तथा दुःखीको उद्धार गर्नुभएको थियो। एकतीस अध्याय रहेको यस व्रत कथाको बाह्रौँ अध्यायमा श्री स्वस्थानीको महिमा बारे वर्णन गरिएको छ । एक महीनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलनछ। स्वस्थानी व्रतको सम्पूर्ण अध्याय सुन्नका लागि म्यूजिक नेपालको युट्युव च्यानलमा जानुहोस्अनि स्वस्थानीको महिमा बारे जानकारी लिनुहोस्।

Tags :

Share :