नेपाली सङ्गीत जगत्का चम्किला तारा नारायण गोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको २९ वर्ष पुगेको छ।नेपाली सङ्गीत क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उहाँ नेपाली जनजनको मनमा अहिले पनि जीवन्त हुनुहुन्छ ।
उहाँको विसं २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो ।उहाँको २९ औँ स्मृति दिवसको अवसरमा सङ्गीत कोषले उहाँको सम्झनामा निर्माण हुन लागेको भवनको शिलान्यास , स्रष्टा सम्मान र प्रवचन कार्यक्रमको आयोजना गर्न लागेको छ ।
उहाँको इच्छानुसारको गीत गंगा भवन निर्माण हुन लागेको हो ।
उहाँका गीत अहिलेका पुस्ता माझ पनि कर्ण प्रिय बन्न सफल रहेका छन् ।
नारायण गोपालले नेपाली सुगम सङ्गीतको क्षेत्रमा कहिल्यै भुल्न नसकिने गुन लगाउनु भएको छ।
धेरै गीतमा आवाज भर्नु भएका उहाँका सबै गीतका लजयी छन् ।
एउटा मान्छेको मायाले कति, आँखा छोपी नरोऊ भनी, पर्खी बसेँ आउला भनी, यति धेरै माया दिई, यो सम्झिने मन छ, अल्झेछ क्यारे पछ्यौरी तिम्रो, म त लालीगुराँस भए छु, लौ सुन म भन्छु मेरो राम कहानी, यति चाखो यति मीठो, तिमीलाई म के भनु लगायतका दर्जनौँ अजरअमर गीतमा नारायण गोपालले स्वर भर्नु भएको छ।
उहाँका कालजयी गीतहरु सहितको जुकबक्स हेर्न र सुन्नका लागि म्यूजिक नेपालको युट्युव च्यानलमा जानुहोस् ।