Music

सारङ्गीको नेपाली भाका

गन्धर्व भिलेज किर्तीपुरको सहयोगार्थ भोली सारङ्गीको भाका कार्यक्रम हुदैछ ।

स्व. राम शरण नेपालीको स्मृतीमा हुन लागेको कार्यक्रम लोप हुदै गइ रहेको नेपाली लोक बाजाको प्रवद्धन ,सारङ्गीको प्रचार प्रसार महत्व लगायतका विषय बारे प्रकाश पारिनेछ।

नेपाली मौलिक बाजा र सङ्गीतहरु विस्तारै लोपन्मुक अवस्थामा पुग्न लागेको अवस्थामा सारङ्गीबाट विश्व सम्म नेपाललाई प्रतिनिधित्व गराउने उदेश्यले सारङ्गी भिलेज स्थापना भइरहेको हो ।

विगत पाँच पुस्ता देखि किर्तीपुरको बाहिरी गाउँमा एक गन्धर्व परिवार निरन्तर रुपमा सारङ्गी तथा गन्धर्व सङ्गीतलाई साधनको रुपमा अगाल्दै आएको छ । स्व.  कान्छा मगर गन्धर्व जसले देशमा भएको विभिन्न गतिविधीलाई सङ्गीतको स्वरुपमा र आफ्नै भाकामा सुनाउने गर्नुहुन्थ्यो।कान्छा मगरले त्यसवेलाको बस्तुस्थिती वर्णन गरेका धेरै गीतहरु छन् जसमध्ये १ सय ५० वटा गीतहरु अहिले पनि जर्मनको एक म्युजियममा अवस्थित छन् ।

उहाँलाई अनुसरण गर्दै उहाँका जेठा छोरा स्व. राम शरणले पनि सङ्गीतमै आफुलाई अर्पण गर्नु भयो ।झान्दै २ सय भन्दा बढि लोक गीतहरु र ५ सय भन्दा बढि गीतहरुमा सारङ्गी बजाएर नेपाली सङ्गीत र बाध्य वादनमा आफ्नो नाम र बेग्लै पहिचान बनाउन सफल हुनुभयो।

उहाँका एदाजु न समाउ नाडीमा,धानको बाला,पोखराको फेवाताल लगायतका गीतहरु चर्चित छन्।

उहाँका गीतहरु हेर्न वा सुन्नका लागि म्यूजिक नेपालको युट्युव च्यानलमा जानुहोस्।