Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

सारङ्गीको नेपाली भाका

Music Nepal

Blog Details

सारङ्गीको नेपाली भाका

December 18, 2019

गन्धर्व भिलेज किर्तीपुरको सहयोगार्थ भोली सारङ्गीको भाका कार्यक्रम हुदैछ ।स्व. राम शरण नेपालीको स्मृतीमा हुन लागेको कार्यक्रम लोप हुदै गइ रहेको नेपाली लोक बाजाको प्रवद्धन ,सारङ्गीको प्रचार प्रसार महत्व लगायतका विषय बारे प्रकाश पारिनेछ।नेपाली मौलिक बाजा र सङ्गीतहरु विस्तारै लोपन्मुक अवस्थामा पुग्न लागेको अवस्थामा सारङ्गीबाट विश्व सम्म नेपाललाई प्रतिनिधित्व गराउने उदेश्यले सारङ्गी भिलेज स्थापना भइरहेको हो ।विगत पाँच पुस्ता देखि किर्तीपुरको बाहिरी गाउँमा एक गन्धर्व परिवार निरन्तर रुपमा सारङ्गी तथा गन्धर्व सङ्गीतलाई साधनको रुपमा अगाल्दै आएको छ । स्व.  कान्छा मगर गन्धर्व जसले देशमा भएको विभिन्न गतिविधीलाई सङ्गीतको स्वरुपमा र आफ्नै भाकामा सुनाउने गर्नुहुन्थ्यो।कान्छा मगरले त्यसवेलाको बस्तुस्थिती वर्णन गरेका धेरै गीतहरु छन् जसमध्ये १ सय ५० वटा गीतहरु अहिले पनि जर्मनको एक म्युजियममा अवस्थित छन् ।उहाँलाई अनुसरण गर्दै उहाँका जेठा छोरा स्व. राम शरणले पनि सङ्गीतमै आफुलाई अर्पण गर्नु भयो ।झान्दै २ सय भन्दा बढि लोक गीतहरु र ५ सय भन्दा बढि गीतहरुमा सारङ्गी बजाएर नेपाली सङ्गीत र बाध्य वादनमा आफ्नो नाम र बेग्लै पहिचान बनाउन सफल हुनुभयो।उहाँका एदाजु न समाउ नाडीमा,धानको बाला,पोखराको फेवाताल लगायतका गीतहरु चर्चित छन्।उहाँका गीतहरु हेर्न वा सुन्नका लागि म्यूजिक नेपालको युट्युव च्यानलमा जानुहोस्।

Tags :

    Share :