Music

सङ्गीतकार सुरेश अधिकारीको नयाँ एल्बम आउँदै

वरिष्ठ गीतकार एवं सङ्गीतकार सुरेश अधिकारीको नयाँ एल्बम आधार भाग २ बजारमा आउँदै छ ।

आधार भाग १ को सफलतापछि, अधिकारीको एल्बम आधार भाग २ म्यूजिक नेपाल मार्फत बजारमा आउन लागेको हो ।

आधार भाग २ मा चर्चित गायिका आस्था राउतको एकल स्वर रहेको छ भने एउटा गीतमा राउतकी आमा सावित्री राउतको शब्द समावेश छ ।

एल्बममा समावेश ७ गीत मध्ये एउटा गीत यस अघि नै सार्वजनिक भइसकेको छ ।उक्त गीतलाई म्यूजिक नेपालको युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ ।

सङ्गीतकार अधिकारी , गीतकार तथा सङ्गीतकार मात्र नभएर गायक पनि हुनुहुन्छ ,

उहाँको म मरेको पल ,तिमी डोली चढ्नु , गीत निक्कैनै लोक प्रिय बन्यो ।

अधिकारीले आधुनिक गीतसँगै कैयौ चलचित्रका गीतहरुमा सङ्गीत दिनुभएको छ भने कैयौ गीतहरुमा आवाज पनि दिनुभएको छ ।