Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

सङ्गीतकार सुरेश अधिकारीको नयाँ एल्बम आउँदै

Music Nepal

Blog Details

सङ्गीतकार सुरेश अधिकारीको नयाँ एल्बम आउँदै

November 18, 2019

वरिष्ठ गीतकार एवं सङ्गीतकार सुरेश अधिकारीको नयाँ एल्बम आधार भाग २ बजारमा आउँदै छ । आधार भाग १ को सफलतापछि, अधिकारीको एल्बम आधार भाग २ म्यूजिक नेपाल मार्फत बजारमा आउन लागेको हो । आधार भाग २ मा चर्चित गायिका आस्था राउतको एकल स्वर रहेको छ भने एउटा गीतमा राउतकी आमा सावित्री राउतको शब्द समावेश छ । एल्बममा समावेश ७ गीत मध्ये एउटा गीत यस अघि नै सार्वजनिक भइसकेको छ ।उक्त गीतलाई म्यूजिक नेपालको युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ । सङ्गीतकार अधिकारी , गीतकार तथा सङ्गीतकार मात्र नभएर गायक पनि हुनुहुन्छ , उहाँको म मरेको पल ,तिमी डोली चढ्नु , गीत निक्कैनै लोक प्रिय बन्यो । अधिकारीले आधुनिक गीतसँगै कैयौ चलचित्रका गीतहरुमा सङ्गीत दिनुभएको छ भने कैयौ गीतहरुमा आवाज पनि दिनुभएको छ ।

Tags :

Share :