Music

शिशिर योगीको लिरीकल भिडियो सार्वजनीक

चर्चित गायक शिशिर योगीको नयाँ एल्वम शिशिरमा समावेश इतरी गीतको लिरीकल भिडियो सार्वजनीक भएको छ ।

केहि समय अघि विमोच नगरिएको एल्वम शिशिरमा समावेश इतरी बोलको गीतको लिरीकल भिडियो म्यूजिक नेपालले सार्वजनीक गरेको हो ।

रत्न शमशेर थापाको शब्द र नारायण गोपालको संगीतमा तयार भएको इतरी मा योगीका साथै गायिका ज्ञानु राणाको पनि स्वर सुन्न सकिन्छ ।

एल्बममा पुतली , तेरो मेरो , इतरी, जति चोट, हर रात, दिनको दिनै लगायत ९ वटा आधुनिक गीतहरु समावेश छन् ।झण्डै २५ वर्ष देखि साङ्गीतिक क्षेत्रमा आवद्ध योगीको पहिचान एल्बम पनि म्यूजिक नेपालको सहकार्यमा बजारमा आएको थियो ।