विवेक श्रेष्ठको घैया धान
November 9, 2019
चर्चित गायक विवेक श्रेष्ठले,
घैया धान बोलको नयाँ गीत लिएर आएका छन् ।निक्केनै लोकप्रिय ब्याण्ड कन्दराका गायक श्रेष्ठ र नव गायिका जिना रसाइलीको स्वर रहेको
घैया धान बोलको गीतको म्यूजिक भिडियो समेत निर्माण भइसकेको छ ।
घैया धान बोलको गीत
समय नामक एल्बममा समावेश छ , जसमा आलोक श्रीको सङ्गीत अनि एस पी कोइरालाको शब्द रहेको छ ।एल्बममा समावेश अन्य गीतहरु भने यहि शुक्रबार देखि बजारमा आउँदैछन् ।जिना रसाइलीको पहिलो साङ्गीतीक सहकार्य हो यस गीतमा ।झन्दै २७ वर्ष देखि साङ्गीतीक क्षेत्रमा आवद्ध श्रेष्ठले ६ ओटा हिट एल्बम दिइसकेका छन् , यस अघि
चन्द्कोटकी नानी बोलको गीत म्यूजिक नेपालको प्रस्तुतीमा बजारमा आएको थियो ।उक्त गीतहरु हेर्नका लागि म्यूजिक नेपालको युट्युवमा जानुहोला ।