Music

राजेश पायल राई

राजेश पायल राई नेपाली संगीत क्षेत्रको बहुचर्चित र लोक प्रिय नाम हो ।

उहाँले आधुनिक, लोक, पप सबै खालका गीत , अनेकौं भाषामा गाउनु भएको छ।‘राई इज किङ्ग को  नामले पनि चिनिने राजेश नेपाल भन्दा बढी विदेशका मञ्चहरुमा देखिनु हुन्छ ।

२० भाषाका गीत गाइसकेका राजेशले लगभग ८ हजार गीत गाउनु भएको छ ।

उहाले थुप्रै नेपाली चलचित्रका गीतहरूमा स्वर दिइसक्नु भएको छ ।उहालाई चर्चित बनाउन सफल गीत फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु  जस्ता गीतहरु रहेका छन् ।

उहाले विभिन्न चलचित्रहरु दैव संजोग, दौतरी,परेनि माया जालैमा, सीमाला तथा गुण्डाराजमा अभिनय गर्नु भएको छ ।