रन्जित गजमेरको ‘कृति’ सार्वजनिक
August 26, 2018
कुनै समय रन्जितगजमेरको सङ्गीतको युग थियो, एक्लो युग थियो । उनका लयले सारा नेपाली मन र भावनालाई यसरी बाँध्थे मानौँ श्रोताकुनै गीत सुनिरहेको छैन कुनै वेदको मन्त्र सुन्दै तपस्चर्यामालीन छ । रन्जितको सङ्गीत संग मिसिएर जब कुसुम गजमेरका शब्दहरू लयको बयली खेल्न थाल्थे श्रोता तपस्चर्याबाट समाधिमा रूपान्तरित भएको बोध गथ्र्यो । मायाको तपस्यामा ।तर यो रन्जित र कुसुमको दोभानको एउटा सबल र सर्वस्वीकृत पाटो मात्रहो । खासमा यो जोडी नेपालीमनका भाका र भावलाई सङ्गीतको तरङ्गमा श्रोतालाई तरङ्गित पार्ने जोडी हो । कहिले नचाउने, कहिले रुवाउने र कतिपय अर्थमा त मायाको निम्तो दिने उपयुक्त शब्दहरू नपाइरहेका प्रेमिल जोडीलाई पनि मायाको बाटो खोलीदिने गीत–सङ्गीत उमारिदिने साङ्गीतिक जोडी हो ।मायाभित्र अनेकौँ अर्थ र आयाम हुन्छन्, अनगिन्ती मोड र मुड हुन्छन् ती सबै अर्थ र आयाम, मोड र मुडलाई छोएर गीत–सङ्गीतमा सलल बग्ने जोडी हो रन्जित–कुसुमको जोडी । तर रन्जितगजमेरको आज प्रकाशित एल्मब ‘कृति’उनले बोकि आएको या पस्कि आएको साङ्गीतिक कृतित्वको धरातल भन्काअलि फरक छ । हो उनले‘कृति’मा पनि पुरानै लोकभाकाको जगमा उभिएर लय उमारेका छन् तर यसको लय विधान र प्रस्तुति एकदमै फरक छ । नेपाली मनकै भाकामा उनले सुटुक्क आफ्नो मौलिकतापनि झङ्कृत गराएका छन्, नेपाली कानले सुन्दासुन्दै थाहै नपाई हृदयमा ‘पोस्ट’ गरिदिने लय ।त्यसैले उमेरले नेटो काट्न लागेको या अनुभवले पौड बनाएर पनिकत्ति पनि थाकेका देखिँदैनन् रन्जि तगजमेर । चालीसका दशकमा नेपालीचलचित्रमा एकछत्त राजगर्ने उनै ‘मेलोडियस’ रन्जितगजमेर फेरि फर्केर आएका छन्– ‘कृति’मार्फत् । यसको अर्को विशेषता नेपाली गीत–काव्य आकाशका ध्रुवतारा अगमसिंह गिरीलाई पनि उनको एउटा गीतमा उनले स्मरण गरेका छन् । यो स्मरण आजका पुस्ताका लागि आफैँमा ठूलो उपहार हो । स्रष्टाको महत्वलाई बुझेर यस्तो उपहार दिने उनको पुस्ताको सङ्गीतकार पनि अब त उनीमात्र हुन् सायद ।जसले यो दायित्व पूरा गर्न सक्छ । कुनै समय रन्जित गजमेरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’कविता (‘कुनमन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो’)कविताका हरफहरूमा छापिएको साहित्यलाई सङ्गीतको सुरमा ब्यूँझाएर अमर बनाइदिए । यति भनिसकेपछि सङ्गीतकार रन्जित गजमेरकाबारेमा थप केही कुरा भन्नु आफैँमा अर्थहीन छ ।यति चाहिँभन्दा अतिशयोत्ति mनहोला– कुनै समय अनेकौँ गायक–गायिकाहरूलाई आफ्नो लयमा बाँधेर सुरको सगरमाथा चढाइदिने तिनै रन्जित गजमेरले नवगायिका स्वरुपा आशालाई सङ्गीतको आकाशमा उड्ने कलात्मक प्वाँख हालिदिएका छन् । यो आकाशमा कहाँसम्म र कहिलेसम्म उड्ने हो– त्यो स्वरूपाको साधना र लगनमा भर पर्छ ।यतिमात्रै होइन यस एल्बममा झण्डै २७ वर्षदेखि सङ्गीत क्षेत्रमा आवद्ध चर्चित व्याण्ड कन्दराका चर्चित गायक विवेक श्रेष्ठको स्वरलाई पनि सुन्न सकिन्छ । ६ ओटा हिट एल्बम दिएका श्रेष्ठको आवद्धताले पनि यस एल्बममा समावेश गीतहरुलाई झनै लोकप्रिय नबनाउला भन्न सकिन्न ।