Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

म्यूजिक नेपालको रेकर्ड डीलको उपाधि, राम लिम्बुलाई

Music Nepal

Blog Details

म्यूजिक नेपालको रेकर्ड डीलको उपाधि, राम लिम्बुलाई

December 6, 2019

सांगीतिक रियालिटी शो द भ्वाइस अफ नेपाल को दोस्रो संस्करणको विजेता राम लिम्बुलाई म्यूजिक नेपालले रेकर्ड डील प्रदान गर्ने भएको छ ।प्रमोद खरेलको टिमका सदस्य लिम्बुले भ्वाइस अफ नेपालको विजेता बने सँगै म्यूजिक नेपालले उहाँको एल्बम रेकर्डको अवसर प्रदान गर्दैछ ।दि भ्वाइस अफ नेपालको अन्तिम चारमा विकास लिम्बु , सनिस श्रेष्ठ, आरिफ राउफ र राम लिम्बु फाइनलमा छनोट भएका थिए।म्यूजिक नेपालले बिजेता लिम्बुको एकल एल्बम रेकर्ड गराउनुका साथै त्यसको बजार व्यवस्थापन र अन्य सहयोग गर्ने भएको छ ।यति मात्र नभई बाँकी अन्तिम राउण्डमा पुग्ने चार प्रतिष्पर्धीका लागि पनि एउटा गीत रेकर्ड गराउने व्यवस्था गरिदिने भएको छ । गएको साउन ३१ मा यो शो शुरु भएको थियो। ब्लाइन्ड राउण्ड, ब्याटल, नक आउट हुँदै लाइभ राउण्ड सम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए ।विजेता लिम्बुसँगै प्रतियोगीतामा सहभागी सवै प्रतियोगीहरुलाई म्यूजिक नेपाल परिवार हार्दिक बधाइ ज्ञापन गर्नुका साथै उज्वल साङ्गीतीक यात्राको कामना पनि गर्दछ । 

Tags :

    Share :