Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

म्यूजिक नेपालको रेकर्ड डीलको उपाधि, राम लिम्बुलाई

Music Nepal

Blog Details

म्यूजिक नेपालको रेकर्ड डीलको उपाधि, राम लिम्बुलाई

December 6, 2019

सांगीतिक रियालिटी शो द भ्वाइस अफ नेपाल को दोस्रो संस्करणको विजेता राम लिम्बुलाई म्यूजिक नेपालले रेकर्ड डील प्रदान गर्ने भएको छ । प्रमोद खरेलको टिमका सदस्य लिम्बुले भ्वाइस अफ नेपालको विजेता बने सँगै म्यूजिक नेपालले उहाँको एल्बम रेकर्डको अवसर प्रदान गर्दैछ । दि भ्वाइस अफ नेपालको अन्तिम चारमा विकास लिम्बु , सनिस श्रेष्ठ, आरिफ राउफ र राम लिम्बु फाइनलमा छनोट भएका थिए। म्यूजिक नेपालले बिजेता लिम्बुको एकल एल्बम रेकर्ड गराउनुका साथै त्यसको बजार व्यवस्थापन र अन्य सहयोग गर्ने भएको छ ।यति मात्र नभई बाँकी अन्तिम राउण्डमा पुग्ने चार प्रतिष्पर्धीका लागि पनि एउटा गीत रेकर्ड गराउने व्यवस्था गरिदिने भएको छ ।  गएको साउन ३१ मा यो शो शुरु भएको थियो। ब्लाइन्ड राउण्ड, ब्याटल, नक आउट हुँदै लाइभ राउण्ड सम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए । विजेता लिम्बुसँगै प्रतियोगीतामा सहभागी सवै प्रतियोगीहरुलाई म्यूजिक नेपाल परिवार हार्दिक बधाइ ज्ञापन गर्नुका साथै उज्वल साङ्गीतीक यात्राको कामना पनि गर्दछ ।  

Tags :

Share :