Music Nepal

म्यूजिक नेपालको रेकर्डिङ स्टुडियो

झण्डै तीन दशक देखि सञ्चालीत म्यूजिक नेपालको रेकर्डिङ स्टुडियोले लाखौ गीतहरु रेकर्ड गराएको छ ।

चर्चित तथा लोकप्रिय गायक गायिकाहरुको स्वरलाई रेकर्ड गराउदै आएको म्यूजिक नेपालको स्टुडियोले अझै पनि कैयौ सुपरहिट गीतहरुको सिर्जना गर्दै आइरहेको छ ।

नारायण गोपाल ,राम कृष्ण ढकाल ,अन्जु पन्त ,प्रमोद खरेल ,प्रविशा अधिकारी , मेनुका पौडेल हुदै पुराना र नयाँ श्रष्टाहरुको गीत सङ्गीतलाई रेकर्ड गराउने मिक्सीङ गराउने कार्यलाई निरन्तरता दिइरहेको छ ।

कुन्ति मोक्तानका सवै जसो एल्बम म्यूजिक नेपालको स्टुडियोमानै रेकर्ड गराइएका हुन् ,

यति मात्र नभई गीतहरु रेकर्ड गराउने , मिक्सीङ गरेर तयार पारिनुका साथै जिंगल र एड्भरटाइजमेन्ट बनाउने जस्ता कामहरु पनि हुने गरेको बताउछन् रेकर्डिष्ट रजय गुरुङ ।

नेपाल भरिका धेरै जसो गायक गायिका ,सङ्गीतकार , गीतकारहरुले यहाँको स्टुडियो बाट गीत सङ्गीतको काम गरि सकेका छन् ।

म्युजिक नेपालको स्थापना काल देखि नै सञ्चालीत रेकर्डिङ स्टुडियोमा राम्रो क्वालीटीको उपकरणहरु जडान गरिएको छ भने यहाँबाट हुने कार्यहरु छिटो तथा सरल तरिकाले हुन्छ ।