Music

म्यूजिक नेपालको रेकर्डिङ स्टुडियो

म्यूजिक नेपालको रेकर्डिङ स्टुडियो नेपालमा एउटा इतिहास बोकेको स्टुडियो हो।

यहाँको जस्तो भव्य स्टुडियो जहाँ, नेपालका सवै कलाकार तथा हस्तीहरुको उपस्थिती नभएको कमै होला।

कुसल व्यवस्थापन र अनुभवी प्राविधीकको साथमा गीत निर्माणको हज्जारौ रेकर्डिङको स्तर झनै उत्कृष्ट हुनेमा कुनै दुइमत नहोला, हज्जारौ कलाकारको गीतका साथै धेरै सफल गीतको निर्माण भएको यस स्टुडियोमा अत्याधुनिक उपकरणको प्रयोग भएको पाइन्छ ।

नयाँ तथा उच्च स्तरका उपकरणको साथमा HD Quality को Sound लाई तपाईहरुले भरपुर आनन्द लिन सक्नुहुनेछ ।

साथै वरिष्ठ तथा नयाँ कलाकार सम्पूर्णको लागि समान व्यवहार गर्दै आएको म्यूजिक नेपालमा रेकर्डिङ कक्ष ठुलो भएकाले Live Recording को फाइदा उठाउन पनि सक्नु हुनेछ।

झण्डै तीन दशक देखि सञ्चालीत म्यूजिक नेपालको रेकर्डिङ स्टुडियोले लाखौ गीतहरु रेकर्ड गराएको छ।

चर्चित तथा लोकप्रिय गायक गायिकाहरुको स्वरलाई रेकर्ड गराउदै आएको म्यूजिक नेपालको स्टुडियोले अझै पनि कैयौ सुपर हिट गीतहरुको सिर्जना गर्दै आइ रहेको छ।

नारायण गोपाल,राम कृष्ण ढकाल,अन्जु पन्त,प्रमोद खरेल,प्रविशा अधिकारी, मेनुका पौडेल हुदै पुराना र नयाँ श्रष्टाहरुको गीत सङ्गीतलाई रेकर्ड गराउने मिक्सीङ गराउने कार्यलाई निरन्तरता दिइ रहेको छ ।

कुन्ति मोक्तानका सवै जसो एल्बम म्यूजिक नेपालको स्टुडियोमाने रेकर्ड गराइएका हुन्,

यति मात्र नभई गीतहरु रेकर्ड गराउने, मिक्सीङ गरेर तयार पारिनुका साथै जिंगल र एड्भरटाइजमेन्ट बनाउने जस्ता कामहरु पनि हुने गरेको बताउछन्रेकर्डिष्ट रजय गुरुङ।

नेपाल भरिका धेरै जसो गायक गायिका ,सङ्गीतकार, गीतकारहरुले यहाँको स्टुडियोबाट गीतसङ्गीतको काम गरिसकेका छन्।