Music

भ्वाइस अफ नेपालका विजेता किरण गजमेरको गीत ‘कुनै दिन ‘ सार्वजनिक

‘द भ्वाइस अफ नेपाल सिजन ३’ का विजेता किरण गजमेरको स्वर रहेको गीत ‘कुनै दिन’ सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको शब्द, संगीत छ । गीतको भिडियोमा सिम्रन पन्त र सागर खनालको अभिनय रहेको छ । माइकल चन्दको कोरियोग्राफी, माधव शर्माको सहनिर्देशन रहेको ‘कुनै दिन’ को भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी ,शिलन लम्सालको सम्पादन तथा कलर ग्रेडीङ रहेको छ । गीतलाई म्यूजिक नेपालले बजारमा ल्याइएको हो।