Music

नारायण गोपालको स्मृति दिवस भोलि,विभिन्न कार्यक्रम हुदै

स्वर सम्राट नारायण गोपालको २९ औँ स्मृति दिवसको अवसरमा भोलि विभिन्न कार्यक्रम हुने भएका छन् ।

उहाँको स्मृति दिवसको अवसरमा दुई संगीतकर्मीलाई सम्मान गरिने भएको छ भने सुरमय गीत गंगा भवनको शिलान्यास पनि गरिने कार्यक्रम रहेको छ ।

नारायण गोपाल संगीत कोषले यो वर्ष गायक ,गीतकार जगत मर्दन थापा र संगीतकाररंजीत गजमेर लाई सम्मान गर्न लागेको छ ।

नारायण गोपाल संगीत कोषले नेपाली आधुनिक गीत अनि संगीतको विकास गरी यसको मौलिकता , स्तरीयता र लोकप्रियताको आधारमा सम्बन्धित व्यक्तिहरूलाई प्रोत्साहित गराउने उद्देश्य सहित संगीतकर्मीलाई नारायण गोपाल संगीत पुरस्कार प्रदान गरेर संगीत क्षेत्रमा ठूलो गुन लगाउँदै आइ रहेको छ ।

नारायण गोपाल आज हामी बीच नरहे पनि उहाँका सयौं गीतहरू सदैव हाम्रो मुटुबीच अनि नेपाली संगीताकाशमा चम्किलो ताराका रूपमा सधैं चम्किरहने छ ।