Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

नारायण गोपालको स्मृति दिवस भोलि,विभिन्न कार्यक्रम हुदै

Music Nepal

Blog Details

नारायण गोपालको स्मृति दिवस भोलि,विभिन्न कार्यक्रम हुदै

December 3, 2019

स्वर सम्राट नारायण गोपालको २९ औँ स्मृति दिवसको अवसरमा भोलि विभिन्न कार्यक्रम हुने भएका छन् । उहाँको स्मृति दिवसको अवसरमा दुई संगीतकर्मीलाई सम्मान गरिने भएको छ भने सुरमय गीत गंगा भवनको शिलान्यास पनि गरिने कार्यक्रम रहेको छ । नारायण गोपाल संगीत कोषले यो वर्ष गायक ,गीतकार जगत मर्दन थापा र संगीतकाररंजीत गजमेर लाई सम्मान गर्न लागेको छ । नारायण गोपाल संगीत कोषले नेपाली आधुनिक गीत अनि संगीतको विकास गरी यसको मौलिकता , स्तरीयता र लोकप्रियताको आधारमा सम्बन्धित व्यक्तिहरूलाई प्रोत्साहित गराउने उद्देश्य सहित संगीतकर्मीलाई नारायण गोपाल संगीत पुरस्कार प्रदान गरेर संगीत क्षेत्रमा ठूलो गुन लगाउँदै आइ रहेको छ । नारायण गोपाल आज हामी बीच नरहे पनि उहाँका सयौं गीतहरू सदैव हाम्रो मुटुबीच अनि नेपाली संगीताकाशमा चम्किलो ताराका रूपमा सधैं चम्किरहने छ ।

Tags :

Share :