नातिकाजी श्रेष्ठको जन्म जयन्ती
December 17, 2019
नेपाली आधुनिक संगीतका सूर शिरोमणी भनेर चिनिने संगीतकार नातिकाजी श्रेष्ठको आज ९४ औँ जन्म जयन्ती ।बाल्यकाल देखि नै सङ्गीतको सङ्गतमा परेका नातिकाजीले आफ्नो जीवनका अधिकांश समय हार्मोनियमका पर्दा चाल्दै बिताउनु भयो ।पार्किन्सन रोगले थलिएर बस्दा समेत हरदम हार्मोनियममा भुलेर बस्ने नातिकाजी आफ्नो समयको काल जयी सङ्गीत सिर्जना गर्ने महान सङ्गीतकार हुन् ।उहाँका सङ्गीत कालजयी छन् ।नेपाली सङ्गीतको एउटा कालखण्डको मात्र नभई आउने समयको समेत प्रतिनिधिको रूपमा उहाँका सङ्गीत रहनेछन्।आफ्नै शब्द सङ्गीत र स्वरमा
जब प्रेम छुट्यो रोएर के गरौँ बोलको गीत पहिलो पटक रेडियो नेपालको प्रत्यक्ष प्रसारणमा गाउनु भएको थियो ।त्यस्तै पुष्प नेपालीको शब्द र नातीकाजीकै स्वर र सङ्गीत रहेको गीत
पहाड बसी वनमा खेली हुर्केकी अकेली उहाँको स्वरमा रेकर्ड भएको पहिलो गीत हो। विभिन्न विभूषणबाट विभूषित नातिकाजीले जीवन भरि सङ्गीतमा समर्पित भए वापत
गोर्खा दक्षिण बाहु प्रथम , इन्द्र राज्य लक्ष्मी प्रज्ञा पुरस्कार, छिन्नलता पुरस्कार, भूपाल सङ्गीत पुरस्कार र नई सुर सम्मान लगायतका थुप्रै पुरस्कार र सम्मान प्राप्त गर्नु भयो।नातिकाजीले नेपाली फिल्म
मनको बाँध, सिंदूर, पच्चीस बसन्त, शान्ति दीपु आदिमा संयुक्त संगीत गर्नुभयो।उहाँका गीतहरु हेर्न र सुन्नका लागि म्यूजिक नेपालको युट्यु च्यानलमा जानुहोस् ।