Music

नातिकाजी श्रेष्ठको जन्म जयन्ती

नेपाली आधुनिक संगीतका सूर शिरोमणी भनेर चिनिने संगीतकार नातिकाजी श्रेष्ठको आज ९४ औँ जन्म जयन्ती ।

बाल्यकाल देखि नै सङ्गीतको सङ्गतमा परेका नातिकाजीले आफ्नो जीवनका अधिकांश समय हार्मोनियमका पर्दा चाल्दै बिताउनु भयो ।

पार्किन्सन रोगले थलिएर बस्दा समेत हरदम हार्मोनियममा भुलेर बस्ने नातिकाजी आफ्नो समयको काल जयी सङ्गीत सिर्जना गर्ने महान सङ्गीतकार हुन् ।

उहाँका सङ्गीत कालजयी छन् ।नेपाली सङ्गीतको एउटा कालखण्डको मात्र नभई आउने समयको समेत प्रतिनिधिको रूपमा उहाँका सङ्गीत रहनेछन्।

आफ्नै शब्द सङ्गीत र स्वरमा जब प्रेम छुट्यो रोएर के गरौँ बोलको गीत पहिलो पटक रेडियो नेपालको प्रत्यक्ष प्रसारणमा गाउनु भएको थियो ।

त्यस्तै पुष्प नेपालीको शब्द र नातीकाजीकै स्वर र सङ्गीत रहेको गीत पहाड बसी वनमा खेली हुर्केकी अकेली उहाँको स्वरमा रेकर्ड भएको पहिलो गीत हो। 

विभिन्न विभूषणबाट विभूषित नातिकाजीले जीवन भरि सङ्गीतमा समर्पित भए वापत गोर्खा दक्षिण बाहु प्रथम , इन्द्र राज्य लक्ष्मी प्रज्ञा पुरस्कार, छिन्नलता पुरस्कार, भूपाल सङ्गीत पुरस्कार र नई सुर सम्मान लगायतका थुप्रै पुरस्कार र सम्मान प्राप्त गर्नु भयो।

नातिकाजीले नेपाली फिल्म मनको बाँधसिंदूरपच्चीस बसन्तशान्ति दीपु आदिमा संयुक्त संगीत गर्नुभयो।

उहाँका गीतहरु हेर्न र सुन्नका लागि म्यूजिक नेपालको युट्यु च्यानलमा जानुहोस् ।