Music

नाकैमा फुली गीतको सफलता

चर्चित गायिका आस्था राउतको नयाँ गीत नाकैमा फुलीले निक्कै चर्चा कमाइ रहेको छ ।

नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा लोभ लाग्दो सफलता हासिल गर्नुभएकी राउतको सवै जसो गीतहरु सफल मानिन्छन् ।पहिलो एल्बम आधारको सफलता पछि दोस्रो एल्बम आधार भाग २ का गीतहरु बजारमा आए सँगै चर्चाको शिखरमा छन् ।

जस मध्ये नाकैमा फुली बोलको गीतको म्यूजिक भिडियो युट्युव ट्रेन्डिङको ८ नम्वरमा पर्न सफल भएको छ ।

यसै साता सार्वजनिक भएको आधार भाग २ एल्बममा समावेश उक्त गीतमा शब्द अनि संगीत सुरेश अधिकारीको रहेको छ ।

गीतको भिडियो हेर्न म्यूजिक नेपालको युट्युव च्यानलमा जानुहोस् ।

म्यूजिक भिडियोको निर्देशन शान थापाले गर्नुभएको हो भने भिडियोमा चर्चित नायिका आँचल शर्मा र महेश खड्काको अभिनय हेर्न सकिन्छ ।

सालको पात टपरी गाँसेरको रिमिक्स गाए पछि चर्चामा आउनु भएकी उहाँका  ‘चौबन्दीमा पटुकी, ‘झुम्के बुलाकी जस्ता गीत चर्चित छन् ।

नेपालकी युवा पप गायिकाको रुपमा चर्चित राउतले विभिन्न नेपाली चलचित्रहरूमा पनि गीत गाइसक्नु भएको छ ।