Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

चर्चित गायक निशान भट्टराईको निधन

Music Nepal

Blog Details

चर्चित गायक निशान भट्टराईको निधन

January 12, 2020

चर्चित गायक निशान भट्टराईको निधन भएको छ । सोमबार राति भएको सवारी दुर्घटनामा परी गायक भट्टराईको निधन भएको हो ।दरबार मार्ग स्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर भट्टराई घर फर्कने क्रममा दुर्घटनामा पर्नु भएको हो । दुर्घटनापछि गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । उहाँको पशुपती आर्य घाटमा आजै दिउँसो अन्त्येष्टि गरिँदैछ । गजल गायकीका कारण निकै चर्चित भट्टराइ स्टेज लगायत पाँच तारे होटल तथा रेष्टुरेन्टमा हिन्दी, नेपाली गीत तथा गजल गाउँदै आइरहनु भएको थियो। धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् । गायक भट्टराई प्रति म्यूजिक नेपाल परिवार भाव पुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।

Tags :

Share :