Music

गीतकार आनन्दराज खनालका नयाँ गीत सार्वजनिक

२०७६ वैशाखमा पहिलो गीति संग्रह तिम्रो साथ सार्वजनिक गरी गीतकारका रूपमा उदाएका आनन्दराज खनालले हालसालै थप दुईवटा नयाँ गीतहरू सार्वजनिक गरेका छन् ।

मनोजराज सिवाकोटीको संगीत तथा स्वरमा बुद्ध स्याङ्वाको संगीत संयोजन रहेको पहिलो गीत “कस्तो रहेछ तिम्रो मन” मा मान्छेको मनको चित्रण गरिएको छ ।

उनको दोस्रो गीत “तिमीविनाको बाटो लामोू” मा वरिष्ठ संगीतकार दीपक जंगमले संगीत भरेका छन् । जुन एउटा सरल र रोमान्टिक गीत हो । उक्त गीतमा किरण कँडेलले संगीत संयोजन गरेका छन् भने गायिका निशा देसारले आवाज दिएकी छन् । यही गीत गायक अजर जंगमको आवाजमा पनि रेकर्ड भएको छ तर अजरको स्वरको गीत भने अलि पछि आउने खनालले जानकारी दिएका छन् ।

आफ्नो दोस्रो एल्बमका लागि उनले चारवटा गीत रेकर्ड गराइसकेका छन् । हालै सार्वजानिक गरेका दुवै गीत म्युजिक नेपालको युट्युब च्यानलमा लिरिकल भिडियोसहित उपलब्ध छ।
सूचना तथा संचार प्रविधि क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनिएका खनाल नेपाली संगीत क्षेत्रमा समेत नयाँ र त्यतिकै गर्व गर्ने परिचयका साथ अगाडि बढ्दैछन्।
गीतकार खनाललाई बधाई तथा सफल भविष्यका लागि हार्दिक शुभकामना ।