Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

गीतकार आनन्दराज खनालका नयाँ गीत सार्वजनिक

Music Nepal

Blog Details

गीतकार आनन्दराज खनालका नयाँ गीत सार्वजनिक

April 14, 2020

२०७६ वैशाखमा पहिलो गीति संग्रह तिम्रो साथ सार्वजनिक गरी गीतकारका रूपमा उदाएका आनन्दराज खनालले हालसालै थप दुईवटा नयाँ गीतहरू सार्वजनिक गरेका छन् । मनोजराज सिवाकोटीको संगीत तथा स्वरमा बुद्ध स्याङ्वाको संगीत संयोजन रहेको पहिलो गीत “कस्तो रहेछ तिम्रो मन” मा मान्छेको मनको चित्रण गरिएको छ । उनको दोस्रो गीत “तिमीविनाको बाटो लामोू” मा वरिष्ठ संगीतकार दीपक जंगमले संगीत भरेका छन् । जुन एउटा सरल र रोमान्टिक गीत हो । उक्त गीतमा किरण कँडेलले संगीत संयोजन गरेका छन् भने गायिका निशा देसारले आवाज दिएकी छन् । यही गीत गायक अजर जंगमको आवाजमा पनि रेकर्ड भएको छ तर अजरको स्वरको गीत भने अलि पछि आउने खनालले जानकारी दिएका छन् । आफ्नो दोस्रो एल्बमका लागि उनले चारवटा गीत रेकर्ड गराइसकेका छन् । हालै सार्वजानिक गरेका दुवै गीत म्युजिक नेपालको युट्युब च्यानलमा लिरिकल भिडियोसहित उपलब्ध छ। सूचना तथा संचार प्रविधि क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनिएका खनाल नेपाली संगीत क्षेत्रमा समेत नयाँ र त्यतिकै गर्व गर्ने परिचयका साथ अगाडि बढ्दैछन्। गीतकार खनाललाई बधाई तथा सफल भविष्यका लागि हार्दिक शुभकामना ।

Tags :

Share :