Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

कन्दरा ब्याण्डको चन्द्रकोटकी नानी गीत सार्वजनिक

Music Nepal

Blog Details

कन्दरा ब्याण्डको चन्द्रकोटकी नानी गीत सार्वजनिक

April 18, 2019

कन्दरा ब्याण्डको चन्द्रकोटकी नानी गीत सार्वजनिक, चर्चित व्याण्ड कन्दराका लोकप्रिय गायक विवेक श्रेष्ठको चन्द्रकोटकी नानी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक नेपालको प्रस्तुती रहेको भिडियोमा अहिलेकी चर्चित मोडल अलिशा राईको अभिनय हेर्न सकिन्छ । साथै प्रसन्न पौडेलले निर्देशन गरेको म्यूजिक भिडियो पोखरा अनि काठमाण्डौमा सुटिङ गरिएको विवेक श्रेष्ठले जानकारी दिनुभयो । झण्डै दुईवर्ष लगाएर तयार पारिएको उक्त भिडियोमा गायक विवेक श्रेष्ठ स्वयमले पनि अभिनय गर्नुभएको छ । चन्द्रकोटकी नानी बोलको गीतको अडियो भने दुई वर्ष अघि नै सार्वजनिक भइसकेको हो । वरिष्ठ गीतकार विनोद गौचनको शब्द अनि सुनिल थापाको सङ्गीत रहेको यस गीतको म्यूजिक भिडियो स्वर्गीय गौचनप्रति श्रद्धाञ्जली स्वरुप सार्वजनिक गरिएको श्रेष्ठको भनाई छ । भेडीगोठ नामक एल्बममा समावेश ८ गीतमध्ये चन्द्रकोटकी नानी तेस्रो म्यूजिक भिडियो हो । बाँकी गीतहरुको पनि भिडियो केहि समयपछि तयार गरिने श्रेष्ठले बताउनुभयो । झण्डै २७ वर्षदेखि सङ्गीत क्षेत्रमा आवद्ध श्रेष्ठले गाउनुभएका प्राय सवै गीतहरुले चर्चाको शिखर बटुलीसकेका छन् । यसअघि ६ ओटा हिट एल्बम दिइसकेको कन्दरा ब्याण्डले लेककी हे माया, हङकङ

Tags :

Share :