Music

‘कति बस्छौ माईतीकै कौशीमा’ लाई परिमार्जित गरी बजार ल्याएको छ

स्व. राम थापाप्रति श्रद्धा सुमन अर्पण गर्दै उहाँको सम्झनामा म्यूजिक नेपालले चर्चित गीत ‘कति बस्छौ माईतीकै कौशीमा’ लाई पुनःअलि परिमार्जित गरी बजार ल्याएको छ । स्व. राम थापाको आवाजमा सजिएको यो क्ययि गीतलाई अहिले युगल गीतका रुपमा प्रस्तुत गरिएको छ । गायक तथा सङ्गीतकार भिम विष्टले यस गीतमा थप सङ्गीत गरी नारी स्वरका लागि थप शब्द रचना गरेका छन । उदय राज पौडेलले सङ्गीत संयोजन गरेको यो गीतलाई नयाँ आवाज गायिका अञ्जु पन्त र हिमाल श्रेष्ठले दिएका छन् । यस गीतमा कलाकार केदार शर्मा, (माग्ने बुढा), दिपाश्री निरौला, निर्मल शर्मा (गैँडा) लगायतका कलाकारहरुले अभिनय गरेका छन भने यो म्यूजिक भिडियोलाई ‘छक्का पञ्जा’ टिमले प्रोडक्सन गरेको छ । टेकेन्द्र शाहको दृष्य सम्पादन रहेको यो म्यूजिक भिडियोलाई तपाइले म्यूजिक नेपालको YouTube Channel मा आजैबाट सुन्न र हेर्न सक्नुहुन्छ ।