Anamnagar, Kathmandu

Anamnagar, Behind Big Mart.

एसपी कोइरालाको नयाँ एल्बम

Music Nepal

Blog Details

एसपी कोइरालाको नयाँ एल्बम

October 29, 2019

कवि तथा गीतकार एसपी कोइरालाको नयाँ एल्बम समय केहि दिनमा सार्वजनिक हुदैँछ । आलोक श्रीको सङ्गीत अनि विभिन्न चर्चित गायक गायिकाको स्वर रहेको एल्वमका सवै गीतहरु एसपी कोइरालाको एकल शब्दले भरिएका छन् । म्यूजिक नेपालको प्रस्तुती रहेको उक्त एल्बममा १२ वटा भन्दा धेरै गीतहरु रहेका छन् । लामो समय प्रशासनीक सेवामा विताउनु भएका एसपी कोइराला पुर्व मन्त्री समेत हुनुहुन्छ । साहित्यिक परिचयको गर्वमा तेजिलो अनुहार हुन्छ उहाँको ।कवि मात्र नभएर साहित्य लेखनको सुरूताका कथाकार हुँदै पछिल्लो कालखण्डमा चर्चित गीतकार मानिनुहुने कोइराला आधुनिक गीति लेखनसँगै राष्ट्रिय गीतहरूको सिर्जनामा समेत जुट्नु भएको छ। प्रेम , विरह, सौन्दर्यका मात्र गीत हुँदैनन् । ढुङ्गो माटो, आफ्नै आकाश र आफ्नै भूगोलको राष्ट्रिय चेतमा समेत गीतहरू लेख्नुहुन्छ कोइराला। उहाँको कर्णदासले गाउँनु भएको आमा भन्दै रुन पाउँ , साधना सरगम र उदित नारायण झाको स्वर रहेको धड्कन भित्र लुकाइ देऊन ,हेमन्त रानाको जोडीदै गयो , मल्लीका कार्कीको लाजको लाली जस्ता गीतहरु निक्कै नै चर्चित छन् ।

Tags :

Share :