Music

आस्था राउत, एक सफल गायिका

नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा लोभ लाग्दो सफलता हासिल गर्नु भएकी आस्था राउत एक सफल गायिकाको रुपमा परिचित हुनुहुन्छ ।

सालको पात टपरी गाँसेरको  रिमिक्स गाएपछि चर्चामा आउनुभएकी उहाँका ‘चौबन्दीमा पटुकी , ‘झुम्के बुलाकी जस्ता गीत चर्चित छन् ।

नेपालकी युवा पप गायिकाको रुपमा चर्चित राउतले विभिन्न नेपाली चलचित्रहरूमा धेरै गीतहरू गाउनु भएको छ र राउतको दोस्रो एल्बम आधार भाग २ केहि दिनमा बजारमा आउँदै छ ।उहाको पहिलो एल्बम आधारले ठूलो सफलता पाएको थियो ।

काठमाडौ पुल्चोकमा जन्मनु भएकी राउतको पुख्यौलि घर भने चरिकोट दोलखा हो ।वरिष्ठ लोक गायक हरि बहादुर राउत र रचनाकार सावित्रि राउतको एक मात्र छोरी हुन् आस्था ।दुई दर्जन भन्दा बढि गीतमा स्वर दिनुभएकी आस्थाको दोस्रो एल्बममा समावेश गीतहरु म्युजिक नेपालको युट्युव च्यानलमा हेर्न सक्नुहुनेछ ।