Music

आशा भोस्ले र रन्जीत गजमेर एक साथ

साधनाकला केन्द्रले आयोजना गरेको रञ्जित गजमेर र आशा भोस्लेको सांगीतिक यात्रा कार्यक्रम भोलि हुदैछ ।

भोलिको कार्यक्रमलाई म्यूजिक नेपालको युट्युव च्यानलबाट लाइभ हेर्न सक्नुहुनेछ ।

आशा र रञ्जितको सहकार्यबाट धेरै गीत तयार भएका छन् । आशाले रञ्जितको संगीतमा नेपाली गीतहरुमा पनि आवाज दिनुभएको छ ।उहाँको आवाजमा ६ ०हाराहारी नेपाली गीत रेकर्ड भएका छन् ।

उक्त कार्यक्रममा प्रेमध्वज प्रधान, दीप श्रेष्ठ लगायतका व्यक्तित्वहरुले संगीतिक प्रस्तुति दिनेछन्।

भेलि आयोजना हुन लागेको ‘म्युजिकल जर्नी अफ रणजीत गजमेर विथ आशा भोस्ले’ नामक सांगीतिक कार्यक्रमको लागि भोस्ले अस्ती नेपाल आउनु भएको हो ।२०५ २साल देखि साधनाकला केन्द्रले हरेक वर्ष १२ जना कलाकारलाई साधना सम्मान गर्दै आएको छ ।

यो पटक पनि साधनाकलाकेन्द्रले संगीतकार रन्जित गजमेर र गायिका आशा भोस्लेलाई सम्मान गर्न लागेको हो ।

रञ्जित गजमेरको संगीतमा भारतीय गायिका आशा भोस्लेले थुप्रै नेपाली चलचित्रका गीतहरू गाउनुभएको छ।८० वर्षीया गायिका भोस्लेले यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरी खेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाउँहै संसार, के सोचें मैले के भयो अहिले, किन बढ्दैछ ढुकढुकी मुटुको, पहाडको माथि माथि, तिम्रो मनमा लुकेको कुरा,  लगायतका थुप्रै नेपाली हिट गीतहरु गाउनुभएको छ।