आलोक श्रीको एकल संगीतमा ‘झिलमिल सितारा’ एल्वम सार्वजनिक
January 19, 2023
आलोक श्रीको एकल संगीतमा ‘झिलमिल सितारा’ एल्वम सार्वजनिक
गायिका दीपा झाको एकल गीति संग्रह ‘झिलमिल सितारा’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा संगीतकार शम्भुजीत बास्कोटा, गीतकार एसपी कोइराला, संगीतकार आलोकश्री, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा र गायिका झाले संयुक्त रुपमा एल्बमको विमोचन गरे ।
एल्बममा समावेश आठवटै गीतमा आलोकश्रीले संगीत दिएका छन् भने एसपी कोइराला, मुकुन्दराज शर्मा ,आलोकश्री, तीर्थ श्रेष्ठ, नारायण खतिवडा, टेक तामाङ र अनिता प्रधानको शब्द रचना रहेको छ । ‘झिलमिल सितारा’मा समावेशमध्ये दुई गीतका दीपाका श्रीमान् समेत रहेका गायिका उदितनारायण झा र एक गीतमा छोरा आदित्यनारायणको समेत स्वर छ ।
पवनदीपको पहिलो सोलो नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो’ सार्वजनिक
शिखर सन्तोषले संगीत भरेका यी शब्दलाई गायन रियालिटी शो इन्डियन आइडलको १२ औं संस्करणका विजेता पवनदीप राजनले गाएका छन् ।
शुक्रबार म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो’ पवनदीपको पहिलो सोलो नेपाली गीत हो । यसअघि भने उनले इन्डियन आइडल-१२ कै फाइनलिस्ट अरुणिता कन्जिलालसँग ‘घाम झैं बलेकी’ गीत गाएका थिए । उक्त गीत पनि निकै रुचाइएको थियो ।
आफ्नी मायालुलाई भेट्ने तीव्र अभिलाषाको भाव व्यक्त गर्ने गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् । आकाश श्रेष्ठ र मलिका महतलाई रोमान्टिक मुद्रामा चित्रण गरिएको गीतको भिडियोलाई भुषण दाहालले निर्देशन गरेका छन् । डोरबहादुर कटुवाल र प्रकाश गोपालीले खिचेको भिडियोमा पदम तिमिल्सिनाको सम्पादन छ । भिडियोका सहायक निर्देशक राजु याक्चा हुन् ।