आफ्नै गाउँ फर्कि आएँ सार्वजनिक
April 28, 2019
आफ्नै गाउँ फर्कि आएँ सार्वजनिक
नेपाली साङ्गीतीक क्षेत्रका चर्चित एवं वरिष्ठ सङ्गीतकार शक्ति बल्लभको गीति संग्रह आफ्नै आउँ फर्कि आएँ
सार्वजनिक भएको छ ।
म्यूजिक नेपालले पुराना नेपाली चलत्रित्रका पन्ध्र वटा गीतहरु संकलन गरेर गीति संग्रह तयार पारेर सार्वजनिक
गरेको हो । जसमा वरिष्ठ गीतकार रत्न समशेर थापाद्धारा लेखिएको गीतहरु छन् ।
आफ्नै गाउँ फर्कि आएँ नाम रहेको उक्त एल्वमलाई गोल्डेन कलेक्सन अफ शक्ति बल्लभ भनेर म्यूजिक नेपालले आफ्नो यु
टयूव च्यालनमार्फत गीतहरु सार्वजनिक गरेको हो । एल्वममा पुराना चर्चित चलचित्रका सदाबहार गीतहरु
समावेश गरिएको छ । चलचित्र सीमानाको, उकाली ओराली गर्दै, फूलको डाली डालीमा, जमिनको, डाँडा पाँखा, अवतारको नयाँ मनोहर, चोखो मायाको, सप्तरङ्गी फूलै फूल्यो,चुमेर सुगन्धि फूल, रणभूमिको सजाई सपना,घर संसारको मस्तीमा झुमी,
राजकुमारको त्यो नयनको लगायत गीतहरु समावेश गरिएको छ ।
नेपाली साङ्गीतिक क्षेत्रमा लागेको चार दशकभन्दा बढि विताइसकेका वरिष्ठ संगीतकार शक्ति बल्लभले ७ सय भन्दा
बढी गीतहरुमा संगीत गरिसक्नुभएको छ । ।