Music

आधार भाग २ को विमोचन आज

नेपालकी युवा पप गायिकाको रुपमा चर्चित आस्था राउतको नयाँ एल्वम आधार भाग २ आज विमोचन हुँदैछ ।

म्यूजिक नेपालको प्रस्तुती रहेको एल्वमको आज दिउसो म्यूजिक नेपालले एक कार्यक्रम गरेर विमोचन गर्न लागिएको हो ।

आस्था राउतको एकल स्वर रहेको एल्वममा ७ वटा गीतहरु समावेश छन् ,जसमा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत तथा शब्द रहेको छ ।

यो एल्बमको एउटा गीतमा भने आस्था राउतको आमा सावीत्री राउतको शब्द रहेको छ ।

दशै आयो तिहार आयो, हवाई जहाजको टिकट, सिमाना, राम साइली, नाकैमा फूलि, को छ यहाँ र झल झल गर्ने कम्पनि माला बोलको गीतहरु रहेका छन् ।

यी गीतहरु मध्ये को छ यहाँ बोलको गीतमा भने सावीत्री राउतको शब्द रहेको छ ।

एल्वममा समावेश दशै तिहार बोलको गीत भने यस अघि नै सार्वजनिक भइ सकेको छ ।

उक्त गीतलाई म्यूजिक नेपालको युट्यूव च्यानलमा हेर्न सक्नुहुनेछ।